बल्ड डोनर्स अफ अमेरिकाले राजदुत मार्फत प्रधान मन्त्रि राहत कोषमा ५ लाख पठायो

इनेप्लिज २०७२ असार १२ गते १७:२० मा प्रकाशित

rajdootनेपालमा गएको विनासकारी भूकम्प पिडितहरुको लागि आर्थिक सहयोग गर्ने हेतुले अमेरिकामा स्थापना भएको बल्ड डोनर्स अफ अमेरिकाले राजदुत मार्फत प्रधान मन्त्रि राहत कोषमा ५ लाख पठाएको छ l

गत हप्ता उक्त ५ लाख को धनादेश (चेक) अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )लाई हस्तान्तरण गरेको थियो l उक्त हस्तान्तरण कार्यक्रममा सस्थाका सभापति लिला बहादुर कार्की (बिद्या वारिधि )ले सम्पूर्ण चन्दा दाताहरुलाई धन्यवाद दिदै उक्त रकम कोषाधक्ष्य संगीता डंगोल मार्फत हस्तान्तरण गरियो l

यसै गरि सस्थाले विभिन्न जिल्लामा पाठशाला पुनर्निर्माणको लागि थप राहत संकलन गर्ने योजना रहेको कुरा सभापति डा कार्कीले जानकारी दिनु भएको छ l सस्थाले यो भन्दा अगाडी पाँच लाख रुपिया अमेरिकन रेडक्रस मार्फत अगाडी नै राहत पठाई सकेको कुरा सभापति कार्कीले बताउनु भयो l

प्रतिक्रिया