दमकलाई औद्योगिक विकासका रुपमा अगाडि बढाइने

इनेप्लिज २०७२ असार १२ गते १०:५१ मा प्रकाशित

mahesh-basnetदमक, १२ असार । उद्योगमन्त्री महेश बस्नेतले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएकामा जोड दिनुभएको छ ।

झापाको दमक–१५ स्थित पार्टी कार्यालयमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सबै मिलेर देश निर्माणमा जुट्न खाँचो रहेको औँल्याउँदै भन्नुभयो, “हाम्रासामु देखिएका विद्यमान सङ्कट समाधान गर्न हामीमा एकताको विकल्प छैन ।”

यसअघि दमक–१९ मा प्रस्तावित औद्योगिक विकास क्षेत्रको स्थलगत भ्रमण गरी बन्न लागेको औद्योगिक क्षेत्रका बारेमा स्थानीय बासिन्दासँग राय, सुझाव लिनुभएको थियो ।

सो क्षेत्रलाई औद्योगिक विकासका रुपमा अगाडि बढाइने आश्वासन उहाँले दिलाउनुभयो । “अब छिट्टै यहाँ योजनाअनुरुप काम सुरु हुन्छ ।” उहाँले भन्नुभयो । त्यस अवसरमा मन्त्री बस्नेतसमक्ष नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले औद्योगिक क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया