प्रधानमन्त्री राहात कोषमा बेलायतमा रहेको नेपाली सेफहरुको सहयोग

इनेप्लिज २०७२ असार ११ गते १३:०३ मा प्रकाशित

 

15062608c

बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भुकम्प पिडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैंया सहयोग पु-याएको छ ।

सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवहाक नेपाली राजदुत तेज बहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहात तथा उद्दार कोषमा जम्मा हुनेछ ।

बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एशोसियसनले जनाएको छ ।

बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एशोसियसन युकेले स्थापना कालदेखि नै नेपालका हरेक विपत्तिहरुमा सक्दो सहयोग पु-याउंदै आइरहेको छ ।

Bhukampa-earthquake

उक्त अवसरमा कार्यवहाक राजदुत क्षेत्रीले सेफ एशोसियसन युकेले प्रशंसनिय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताएका थिए । बेलायतमा सेफहरुको पेशा अत्यान्तै सम्मान जनक रहेको बताउंदै क्षेत्रीले सामाजिक काममा अझै बढि सक्रिय भएर लाग्न आग्रह गरे । अहिलेको अवस्थामा ब्रिटिश गोर्खा पछि बेलायतमा सेफ पेशा बढि सुरक्षित रहेको क्षेत्रीले बताए ।

एशोसियसनका अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भएपनि सहयोग गर्न पाउंदा आफुहरुलाई खुशी लागेको बताए । उनले रकम संकलनमा प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग पु-याउने सेफहरुप्रति आभार प्रकट गरेका थिए । बेलायतको टाढा टाढा रहेर पनि मातृभुमिको सेवामा सहयोग गर्नुहुने सेफहरुलाई धन्यवाद दिंदै उनले आगामी दिनहरुमा पनि सहयोग गर्न आव्हान गरे ।

 

एशोसियसनले संकलन गरेको बांकी रकम सेफहरु आफैं उपस्थित भएर भुकम्पबाट क्षतिग्रस्त स्कुलको पुननिर्माणमा खर्च गर्ने जनाएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरीने छ ।

 

सहयोग रकम हस्तान्तरणका अवसरमा एशोसियसन युकेका अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्मा चापागाईं, रामसिंह थापा, दिपक आचार्य लगायत सहभागि थिए ।

– बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भुकम्प पिडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैंया सहयोग पु-याएको छ ।

 

सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवहाक नेपाली राजदुत तेज बहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहात तथा उद्दार कोषमा जम्मा हुनेछ ।

 

बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एशोसियसनले जनाएको छ ।

 

बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एशोसियसन युकेले स्थापना कालदेखि नै नेपालका हरेक विपत्तिहरुमा सक्दो सहयोग पु-याउंदै आइरहेको छ ।

 

उक्त अवसरमा कार्यवहाक राजदुत क्षेत्रीले सेफ एशोसियसन युकेले प्रशंसनिय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताएका थिए । बेलायतमा सेफहरुको पेशा अत्यान्तै सम्मान जनक रहेको बताउंदै क्षेत्रीले सामाजिक काममा अझै बढि सक्रिय भएर लाग्न आग्रह गरे । अहिलेको अवस्थामा ब्रिटिश गोर्खा पछि बेलायतमा सेफ पेशा बढि सुरक्षित रहेको क्षेत्रीले बताए ।

 

एशोसियसनका अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भएपनि सहयोग गर्न पाउंदा आफुहरुलाई खुशी लागेको बताए । उनले रकम संकलनमा प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग पु-याउने सेफहरुप्रति आभार प्रकट गरेका थिए । बेलायतको टाढा टाढा रहेर पनि मातृभुमिको सेवामा सहयोग गर्नुहुने सेफहरुलाई धन्यवाद दिंदै उनले आगामी दिनहरुमा पनि सहयोग गर्न आव्हान गरे ।

 

एशोसियसनले संकलन गरेको बांकी रकम सेफहरु आफैं उपस्थित भएर भुकम्पबाट क्षतिग्रस्त स्कुलको पुननिर्माणमा खर्च गर्ने जनाएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरीने छ ।

 

सहयोग रकम हस्तान्तरणका अवसरमा एशोसियसन युकेका अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्मा चापागाईं, रामसिंह थापा, दिपक आचार्य लगायत सहभागि थिए ।

15062608b

प्रतिक्रिया