शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 20:57

खेलकुदमा सदस्य सचिव नियूक्तीलाई लिएर खट्पट

इनेप्लिज २०७२ असार ११ गते १२:३६ मा प्रकाशित

Bhukampa-earthquakeकाठमाडौ, ११ असार । यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले केशब विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य पदमा नियूक्ती गरेको विषयलाई लिएर एमाले भित्र खट्पट सुरु भएको छ ।

एमाले निकट खेलकुद महासंघको सिफारिसमा मन्त्री पौडेलले बरिष्ठ नेता माधवकुमार नेपाल निकट विष्टलाई नियूक्त गरेपछि अध्यक्ष ओली खेमा रुष्ट बनेको हो ।
ओलीले तत्कालै उपाध्यक्ष बामदेब गौतम, महासचिव ईश्वर पोख्रेल र विष्णु पौडेल लगायतका आफू पक्षीय नेताहरुलाई बोलाएर विष्टको नियूक्तीको विषयमा छलफल गरेका थिए । छलफलमा आफूहरुसँग सल्लाह नै नगरी विष्टको नियूक्ती गरेकोले मन्त्रीले पार्टीलाई नै अटेर गरेको भन्दै आवश्यक परे मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने सुझाव दिएका थिए । ओली पनि नियूक्तीको निर्णय नसच्याए मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने पक्षमा उभिएको स्रोतले जनाएको छ ।
ओलीले मन्त्री पौडेलसँग पार्टीलाई बाई पास किन गरेको भन्दै स्पष्टिकरण सोधेको बताईएको छ । ओलीले आफै मन्त्री पद छाड्न सुझाव दिदै अन्यथा निकालिने चेतावनी दिईएको स्रोतको भनाई छ ।
यता विष्ट नियूक्त भए पछि पुगेका अर्का दावेदार टेण्डी सेर्पावीच पनि विवाद भएको छ । विष्टले तपाईको पावर पुगेन देख्नु भयो म सदस्य सचिव भए भनेपछि दुई जनावीच विवाद भएको थियो । विवाद धक्का मुक्कासम्म पुगेको बताईएको छ । विष्ट कोरियामा खेलाडी लगेर उतै लुकाएको आरोपमा मन्त्री पौडेल आफैले कारवाही गरेका ब्यक्ती हुन भने शेर्पा सुनकाण्डका आरोपी हुन ।

प्रतिक्रिया