शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:४६
वासिङटन डिसी 04:01

पाकिस्तानमा गर्मीले मर्नेको संख्या हजार नाघ्यो

इनेप्लिज २०७२ असार ११ गते १०:५८ मा प्रकाशित

Bhukampa-earthquakeकाठमाडौ, ११ असार । पाकिस्तानमा भीषण गर्मीका कारण लूले मर्नेको संख्या एक हजार नाघेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कराँचीमा मात्र करिब ९ सय ५० मानिसले ज्यान गुमाइसकेका छन् भने लू तथा शरिरमा पानीको कमीका कारण हजारौ मानिस अस्पतालमा उपचार गराइरहेका छन् ।

एक गैर सरकारी संगठनले लू बाट मर्नेको संख्या १५ सय सम्म पुग्ने अनुमान गरेको छ । सरकारी अधिकारीहरूले संकटबाट मुक्ति दिनका लागि पर्याप्त उपाय नअपनाएको भन्दै आलोचना गरिएको छ ।
यस्तै, लगातार लोडसेडिङ भइरहेका कारण मानिसहरू थप संकटमा परेका छन् । लोडसेडिङका कारण पंखा या एयरकन्डिस्नर चलाउन नपाएका कारण गर्मीको थप मार खेप्नु परेको छ । यसले गर्दा सरकारसँग मानिसहरू आक्रोशित हुँदै गएका छन् ।
मर्नेहरूको संख्या बढ्दै जाँदा शवहरू व्यवस्थापनमा समेत अफ्ठ्यारो भइरहेको छ । शवलाई बडी ब्यागमा राखिएको छ ।
सिन्ध प्रान्तको सरकारले बुधबार सरकारी छुट्टीको घोषणा गरेको थियो । जसले गर्दा मानिसहरू घरमा नै बसेर गर्मीबाट बच्न सकून् । पाकिस्तान मेडिकल एसोसिएशनका चिकित्सक कैसर सज्जादले लूबाट बच्ने सही तरिका थाहा नहुँदा समस्या थपिएको बताएका छन् ।
यसैक्रममा रमजान पनि चलिरहेको छ । रोजाका कारण पानी नपिउनाले पनि उनीहरूको शरिरमा पानीको कमी हुँदा यसले झन् अफ्ठ्यारो स्थिति पैदा गरेको छ ।

प्रतिक्रिया