बुधबार, माघ १२ २०७८
काठमाडौं २३:०४
वासिङटन डिसी 12:19

ललितपुरलाई केन्द्रविन्दु बनाएर फेरि गयो भूकम्प

इनेप्लिज २०७२ असार ११ गते १०:५१ मा प्रकाशित

Bhukampa-earthquakeकाठमाडौं, ११ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं उपत्यकालाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । केन्द्रका अनुसार ललितपुरलाई केन्द्रविन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । आज दिउँसो २ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । ललितपुर केन्द्रविन्दु भएर गएको भूकम्पको काठमाडौंमा पनि धक्का महसुस गरिएको छ । यसअघि हिजो राति मात्रै लगातार ३ वटा भूकम्पका धक्का महसुस भएका थिए ।

प्रतिक्रिया