आइतबार, माघ ९ २०७८
काठमाडौं ०६:२९
वासिङटन डिसी 19:44

बाल्टिमोरका NASO का अध्यक्ष गोपाल बिश्वोकर्माले सिन्धुपाल्चोकमा राहत बितरण गरे

इनेप्लिज २०७२ असार १० गते १३:२७ मा प्रकाशित

DSC03259

Washington D.C., USA – भुकम्प राहतको लागी नेपाल गएका सबै ऊतिबेलै अमेरिका फर्कीसके,तर, NASO का अध्यक्ष गोपाल बिश्वोकर्मा अझै नेपालका बिभिन्न जिल्लाहरुमा राहत बितरण गरिरहेका छन् l

ल िलतपुरको लामाटार, गोरखा, सिन्धुपाल्चोक र धादिंग जिल्लाहरुमा भुकम्प पिडितलाई राहत बितरण गरिसकेका अमेरिकाको बाल्टिमोरबासी गोपाल बिश्वोकर्माले पुन: असार ५ गते सिन्धुपाल्चोक जिल्लाको ठूलोपाखर गाबिस वडा नं ४ गल्खा टोलमा१३० घरधुरी दलित तथा जनजाति समुदायलाई राहत वितरण गरेका छन् । ठूलोपाखर गाबिसको माग र
राष्ट्रिय दलित आयोगको सिफारिसमा राहत बितरण गरिएको हो । नेपाल सरकार उच्चस्तरीय बेपत्ता छानबिन आयोगका आयुक्त मानिय सदस्य श्री बिजुल बिश्वकर्मा, NASO का अध्यक्ष गोपाल बिश्वोकर्मा, नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिका संयोजक एवम् दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनार,
दलित अधिकारहरु ईश्वरी बिश्वकर्मा, सन्तोष बिश्वकर्मा र पत्रकारहरु पनी राहत बितरण कार्यक्रमा ऊपस्थित थिए ।

राहत बितरण सगै टोलीले चौतारामा प्रमुख जिल्ला अधिकारी सँग राहत र पुर्ननिमार्णका बिषयमाछलफल गरेको थियो । भुकम्पबाट प्रभाबित ब्यक्तिहरुलाई समितिले चामल, दाल, तेल, नुन, लगाएकाराहत सामाग्री बितरण गरिएको थियो । अमेरिकाको NASO को सहयोगमा दलित नागरिक समाजले हालसम्म५ वटा जिल्लामा राहत बितरण गरिसकिएको कुरा दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिका सन्तोष बिश्वोकर्माले नेपाल देखी ईनेप्लिजलाई बताए lयुगौं देखी नेपालका शासकहरुद्वारा दबाएर राखिएको, पछाडी पारिएको ऊत्पिडित बर्गको ऊत्थानको लागी

नेपाली अमेरिकन सोशाईटी फर अप्प्रेसड कम्युनिटी (NASO) ले अमेरिका देखी बुलन्द आवाज ऊठाईरहेको छ l

प्रतिक्रिया