नासोको सहयोगमा सिन्धुपाल्चोकमा राहत वितरण

इनेप्लिज २०७२ असार १० गते १०:४३ मा प्रकाशित

DSC03259नासो कम्युनिटि युएसएको आर्थिक सहयोगमा दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिले मिति २०५२ असार ५ गते सिन्धुपाल्चोक जिल्लाको ठूलोपाखर गाबिस वडा नं ४ गल्खा टोलमा १३० घरधुरी  दलित तथा जनजाति समुदायलाई राहत वितरण गरिएको छ । ठूलोपाखर गाबिसको माग  र राष्ट्रिय दलित आयोगको सिफारिसमा समितिले रहात बितरण गरेको हो ।

राहत बितरण कार्यक्रमा नेपाल सरकार उच्चस्तरीय बेपत्ता छानबिन आयोगका आयुक्त मानिय सदस्य श्री बिजुल बिश्वकर्मा,नासो कम्युनिटि युएसएका अध्यक्ष गोपल बिश्वकर्मा, दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिका संयोजक एवम् दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनार,दलित अधिकारहरु ईश्वरी बिश्वकर्मा,सन्तोष बिश्वकर्मा ,नासोका प्रतिनितिहरु,तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

राहत बितरण सगै टोलीले चौताराको अनुगमण र प्रमुख जिल्ला अधिकारी सँग रहत र पुर्ननिमार्णका बिषयमा छलफल गरेको थियो । भुकम्प बाट प्रभाबित ब्यक्तिहरुलाई समितिले चामल, दाल, तेल, नुन, लगाएका राहत सामाग्री बितरण गरिएको थियो । नासोको  सहयोगमा दलित नागरिक समाजले हाल सम्म  ५ वटा  जिल्लामा राहत बितरण गरिसकिएको छ ।

DSC03266 DSC03265 DSC03247 DSC03267

प्रतिक्रिया