सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:४१
वासिङटन डिसी 16:56

एनआरएनएनसिसि युएसए ओरेगन च्याप्टरको पहिलो साधारण सभा सम्पन्न

इनेप्लिज २०७२ असार ९ गते १८:५६ मा प्रकाशित

qqqपोर्टल्यान्ड, अमेरिका– एनआरएनएनसिसि युएसए ओरेगन च्याप्टरको पहिलो साधारण सभा हालै यहाँ स्थित नेकुसिंह मेमोरिएल थिएटरमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै एनआरएन एनसिसि युएसएका नवनिर्वाििचत अध्यक्ष केशव पौडेलले नेपालीहरूले एकापसमा एकजुट भइ संस्थालाई साझा चौतारीको रुपमा विकसित गर्नु पर्ने बताएका थिए । लगभग २ सय जनाको सहभागिता रहेको सभामा नेपाली दूतावासका डेपुटि चिफ अफ मिसन ऋषिराम घिमीरेले र दूतावासकै दिपक शर्माले वहुचर्चित एमआपी पासपोर्ट बारे चर्चा गरेका थिए ।
ओरेगन च्याप्टरका अध्यक्ष दिवाकर महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष दया साक्यले गरेका थिए ।
उक्त अवसरमा कविन्ताञ्जली अमात्यले सितार वादन प्रस्तुत गरेकी थिइन् ।
ओरेगन च्याप्टरको अध्क्षमा दिवााकर महर्जन छन् भने उपाध्यक्षमा दया शाक्य छन् । त्यस्तै सुनिल राजकर्णिकार र जितेन्द्र बज्राचार्यले क्रमशः महासचि र कोषाध्यक्षको जिम्मेवारी पाएका छन् भने निर्देशकहरूमा मनोज कंशाकार, रविनमान शाक्य, सिता राइ, प्रदीप बज्राचार्य, श्रृजना स्थापित, सूर्य थापा क्षत्री र रमेश भण्डारी छन् ।

पोर्टल्यान्ड, अमेरिका–अन्तर्राष्ट्रिय ओलम्पिक डेका अवसरमा ओरेगन राज्यको पोर्टल्यान्डमा अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप तथा एनआरएनए युएसए च्याप्टरको आयोजनामा शान्ति पद यात्राको आयोजना गरियो ।
उक्त अवसरमा हलिउड बुस्टर अध्यक्ष यु तेले ओलम्पिक डेको महत्वका बारेमा प्रकाश पारेका थिए भने कारेन ब्ल्याकलेजले स्वागत मंतब्य दिएकी थिइन् ।
नेपा छेँ र युएसडब्लुसी तेक्वान्दो हलिउडको सहयोगमा सम्पन्न उक्त शान्ति पद यात्रामा एनआरएन एनसी युएसए अध्यक्ष केशव पौडेल नेपाली दूतावासका ऋीषी घिमीरेको समेत उपस्थिति थियो । उक्त अवसरमा बालबालिकाहरूका लागि निशुल्क टिसर्ट वितरण गरिएको आयोजकले जनाएको छ ।

C-_Users_Bishwa_Desktop_11170366_904620276250869_5640871149095034117_n-(2)

प्रतिक्रिया