बोको हरामले गरे ४२ गाउँलेको हत्या

इनेप्लिज २०७२ असार ९ गते ११:०७ मा प्रकाशित

boko-HARAM-DIALOGUEकानो, ९ असार । नाइजेरियाका दुई छुट्टाछुट्टै गाउँमा बोको हरामका लडाकूले अन्धाधुन्ध गोली हानी कम्तीमा पनि ४२ जना सर्वसाधारणको हत्या गरेको समाचार छ ।

नाइजेरियाका दुई उत्तरपूर्वी जिल्ला बिउ र हउलमा रहेका गाउमा हमला गरी सर्वसाधारण गाउँलेको हत्या गरेका बताइएको छ ।

नाइजेरियाको बोर्नो राज्यमा पर्ने ती जिल्लामा बोको हरामका लडाकूले सो हमला गरेका उक्त राज्यको प्रहरीले जनाएको छ ।

बोर्नाे राज्यको उत्तरी क्षेत्रमा अवस्थित सो जिल्ला राज्यको राजधानी माइदुगुरीबाट करिब १८० किलोमिटर दक्षिणमा पर्छ ।

उक्त राज्यका प्रहरी अधिकारीले सो क्षेत्रबाट ४२ जना सर्वसाधारण मारिएको समाचार प्राप्त भएको जानकारी दिए ।

बिउका गाउँलेले पनि सो हमलाको पुष्टि गरेका छन् । उक्त गाउँमा यसअघि पनि बोको हरामका लडाकूले हमला गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । रासस÷एएफपी

प्रतिक्रिया