बुधबार देखि लागु हुने गरी अमेरिकाले प्रदान गर्यो नेपालीलाई टिपीएस सुबिधा’

इनेप्लिज २०७२ असार ८ गते २१:२८ मा प्रकाशित
TPS for Nepal
लसएन्जलस, क्यालिफोर्निया, ९ असार  । अमेरिकी सरकारले नेपालमा गएको प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई जुन २४, २०१५ देखि लागु हुने टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गरेको छ । बुधबार सार्वजनिक जारी गर्ने गरि तयार गरिएको बिज्ञप्ति अनुसार कागजपत्र बिहिन नेपाली अमेरिकनलाई अमेरिकी सरकारको होमल्याण्ड एण्ड सेक्युरिटी डिपार्टमेन्टले जुन २४, २०१५ देखि लागु हुने १८ महिनाको लागि टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गरेको हो । सार्वजनिक नभएको बिज्ञप्ति अनुसार अमेरिकी सरकारले प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) सुबिधा दिने निर्णय गरेको हो । यस अघि न्युयोर्क राज्यको प्रतिनिधित्व गर्ने सिनेटर चार्ल्स ई सेचुमरले यस अघि अन्य ४५ काँग्रेस म्यान र १२ सिनेटर संगै प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गर्न अमेरिकी सरकारको ध्यान आकृष्ट गरेका थिए । यसै गरि अघि न्युयोर्क राज्यमा रहेर कानुन ब्याबसाय संचालन गर्दै आएका डिल्लीराज भट्टले टिपीएस कार्वान्यनको लागि प्रारम्भिक हस्ताक्षर अभियान संचालन गरेका थिए भने अगुवा संचारकर्मी शैलेश श्रेष्ठ, अगुवा नेपाली अमेरिकन मिलन कुमार शाही सामाजिक संस्था अधिकार र अनलाइन संचार माध्यमwww.nepal24hours.com Integration Through Media!ले यो अभियान सुरु गरेको थियो । लगतै यो अभियानमा बाल्टिमोरका नेपाली अमेरिकन राजनीतिज्ञ ह्यारी भण्डारी, इन्डियन हेड सिटीका मेयर किरण रोन सिटौला र व्हाइट हाउसमा राष्ट्रपति ओबामाको सल्लहाकार पदमा नियुक्त संजिता प्रधानले नैतिक समर्थन सहित दवाव मुलक अभियान संचालन गरेका थिए । यो अभियानमा गैर आवशीय नेपली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, वाशिंगटन स्टेट, सियाटल निवासी नेपाली अमेरिकन मोहन गुरुङको समेत सहयोग र समर्थन रहेको थियो । अमेरिकी सरकारको यो निर्णयसंगै अमेरिकामा भिसा एक्स्पायर भएर लामो समयदेखि अनाधिकृत तबरले बसोबास गरिरहेका ठुलो संख्यामा रहेका नेपाली अमेरिकनले प्रलयकारी भूकम्पले प्रभावित आफ्नो परिवारजन भेट्न र अमेरिकामा काम गरि आर्जन गर्ने अवशर प्राप्त गर्ने छन् । अमेरिकी सरकारको होमल्याण्ड एण्ड सेक्युरिटी डिपार्टमेन्टले यस्तो सुबिधा त्राशदी पूर्ण प्राकृतिक बिपत्तिमा परेको र गृहयुद्द भएका मुलुकलाई प्रदान गर्दै आएको छ । यो सुबिधा लगतै महाभूकम्पपछि प्राकृतिक महाबिपत्तीले प्रभावित कागजपत्र बिहिन नेपाली अमेरिकनले मातृभूमि नेपाल आवत जावत गर्ने सुबिधा सहित १८ महिना पुरा समय काम गर्ने अनुमति पाउने छन् ।

प्रतिक्रिया