मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

इनेप्लिज २०७२ असार ८ गते १४:३३ मा प्रकाशित

 

 

DSC_06501-335x232काठमाडौ, ८ असार । नोवेल पुरस्कार विजेता मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाका नामले परिचित ’मिसनरी अफ च्यारिटी’की प्रमुख निर्मला जोशीको ८१ बर्षको उमेरमा मंगलबार भारतको नयाँ दिल्लीमा निधन भएको छ।

’मिसनरी अफ च्यारीटी’ मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्था हो। टेरेसाको निधन भएपछि सन् १९९७ देखि उनी प्रमुखको रुपमा काम गरिरहेकी थिइन्।
उनी केहीदिनदेखि अस्वस्थ रहेको मिसनरीका अधिकारीहरुले जनाएका छन्। उनको मंगलबार दिउँसो ४ बजे अन्तेष्टि गरिने उनीहरुले बताएका छन्।
यसअघि श्रद्धाञ्जलीका लागि उनकै निवासमा राखिने छ।
नेपालमा जन्मिएकी निर्मला सन् १९९७ मार्च १३मा यो संस्थाको प्रमुखमा निर्वाचित भएकी थिइन्।
उनको निधन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा मार्फत श्रद्धाञ्ली व्यक्त गर्दै उनको जीवन मानवसेवामा प्रतिबद्ध रहेको बताएका छन्। उनीले गरिब र निमुखाको सेवामानै जीवन बिताएके उनले ट्वीटमा उल्लेख गरेका छन्।

प्रतिक्रिया