बुधबार, माघ ५ २०७८
काठमाडौं १६:२५
वासिङटन डिसी 05:40

खेलकै क्रममा घाइते भएका खेलाडीको मृत्यु

इनेप्लिज २०७२ असार ८ गते १४:२९ मा प्रकाशित

DSC_06501-335x232काठमाडौ, ८ असार । खेलकै क्रममा घाइते भएका अष्ट्रेलियन रग्बी खेलाडी जेम्स एकरम्यानको मृत्यु भएको छ ।

अष्ट्रेलियामा जारी क्विन्सल्याण्ड कप रग्बी प्रतियोगिता अन्तर्गत गत शनिवार भएको नर्थ डेभिल विरुद्धको खेलमा सनसाईन कोष्ट फाल्कनका खेलाडी एकरम्यानको टाउकोमा चोट लागेको थियो । यसपछि उहाँलाई केही समय मैदानमै उपचार गरी ब्रिसबेनस्थित अस्पताल पु¥याईएको थियो । अस्पतालमा गम्भिर अवस्थामा रहेका एकरम्यानको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया