दुई जनाको घरबाट तीस किलो गाँजा बरामद

इनेप्लिज २०७२ असार ८ गते ४:४७ मा प्रकाशित

gaajaबुटवल, ८ असार । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सोमबार जिल्लाको कम्हरिया गाविसमा दुईजनाको घरबाट ३० किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण ब्युरोले जिल्लाको कम्हरिया गाविस–८ स्थित विशराम चाइको घरमा छापा मार्दा सात किलो र वडा नं ९ की सुनमती चाइको घरबाट २४ किलो गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरीले लागुऔषधसहित दुवै जनालाई पक्राउ गरी लागुऔषध गाँजा मुद्दा दर्ता गरेको जनाएको छ ।

यस्तै प्रहरीले सोमबार नै भैरहवाका विभिन्न मोबाइल पसलमा छापा मारी नेपाली गीत सङ्गीत तथा चलचित्रको गैरकानुनी रूपले कपिगरी बिक्री वितरण गरेको अभियोगमा तीनवटा मोबाइल पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको शिद्धार्थनगर नगरपालिका–१२ मा सफल कम्प्युटरका सञ्चालक विवेक रघुवंशी, सिनपा–७ मा कृष्ण मोबाइल सञ्चालन गर्ने राजकुमार गुप्ता र सिनपाको बुद्धचोकमा जिसी मोबाइल सञ्चालक दानबहादुर घर्तीलाई पक्राउ गरिएको छ । उनीहरूविरुद्ध प्रतिलिपि अधिकार हनन मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया