गैँडाटारमा झाडापखालाको प्रकोप, पाँचजना बिरामी

इनेप्लिज २०७२ असार ८ गते ४:३९ मा प्रकाशित

Baby-Jhadapakhalaरौतहट, ८ असार । रौतहटको उत्तरी भेगमा केही दिनयता झाडापखालाको प्रकोप देखापरेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित गैँडाटारमा झाडापखालाका कारण पाँच बालबालिका बिरामी भएका छन् ।

हाल ती बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । सो स्थानमा स्वच्छ खानेपानीको अभावमा यो वर्ष पनि झाडापखाला फैलिएको स्थानीय बासिन्दाले बताएका छन् ।

गर्मी बढेसँगै त्यहाँ खानेपानीको अभाव रहेकाले गर्त वर्ष झैँ यो वर्ष पनि झाडापखालाको महामारी फैलने हो कि भन्ने सङ्केत देखिएको स्थानीय युवा जितेन्द्र धामीले बताउनुभयो ।

गत वर्ष सो स्थानमा झाडापखालाको प्रकोप फैलिँदा एकजनाको मृत्यु भएको थियो भने त्यहाँ स्थापना गरिएका स्वास्थ्य शिविरमा करिब दुई हजार सर्वसाधारणले उपचार गराएका थिए ।

यो वर्ष पनि ओभर हेड ट्याकीमार्फत पानी सुचारु गर्न नसकिएका कारण खानेपानीको समस्या रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले बताउनुभयो ।

प्रतिक्रिया