डिसीमा कोहिनूर चलचित्र प्रदर्शन

इनेप्लिज २०७२ असार ८ गते ०:२१ मा प्रकाशित

 

डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गरिनुको साथै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ l श्रेष्ठलाई ‘अमर तारा’ उपाधिबाट सम्मान अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले कोहिनूर चलचित्र कि नायिका तथा स्व श्रेष्ठकि पत्नी स्वेता खड्कालाई हस्तान्तरण गर्नु भयो l

स्व श्रेष्ठ सानो उमेरदेखि आफ्नो अभिनय क्षमता मार्फत रंगमञ्चसँगै चलचित्र क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरुप अमेरिकामा स्थापना भएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गरेको हो l

चलचित्र सुरु हुनु अगाडी नायिका स्वेता खड्काले भाव बिभोर हुदै पैसाको घमण्ड मानिसमा हुने हुन्छ l यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए भन्दै चलचित्रबाट उठेको रकमले नेपालका भूकम्प पिडितलाई दिने घोषणा गरिन l

प्रतिक्रिया