शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०९:०९
वासिङटन डिसी 22:24

भलिबल प्रतियोगिताको उपाधि एपिएफको केन्द्रीय कार्यालयलाई

इनेप्लिज २०७२ असार ७ गते १२:०० मा प्रकाशित

volleyballकाठमाडौँ, ७ असार । सशस्त्र प्रहरी बल (एपिएफ)को केन्द्रीय कार्यालयले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक एपिएफ टोलीले हासिल गरेको छ ।

हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा आज भएको फाइनल खेलमा एपिएफले एपिएफकै महानगरीय सशस्त्र प्रहरी कार्यालय टोलीलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

केन्द्रीय कार्यालय एपिएफले महानगरीय टोलीलाई २५–१८, १४–२५, २५–१४ र २५–१६ ले पराजित ग¥यो । त्यस्तै प्रतियोगितामा बङ्गलामुखी विशेष कार्यदल गण टोली तेस्रो भयो ।

प्रतियोगिताका विजयी टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले एक कार्यक्रमबीच पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा उपत्यकास्थित एपिएफ एकाइबाट नौ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया