दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इनेप्लिज २०७२ असार ७ गते ११:५९ मा प्रकाशित

accident-signहेटौँडा, ७ असार । हेटौँडा–नारायणगढ सडकखण्डको तीनताप्केमा आज मध्याह्न ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना४ख ३९६४ नंको ट्रकले हेटौँडाबाट मनहरीतर्फ गइरहेको बा४९प ४३९७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु हुने मोटरसाइकल चालक मकवानपुर जिल्ला गोगने गाविस–८ बस्ने २८ वर्षीय कृष्ण मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया