प्रेश विज्ञप्ति ! डा. केशवद्वारा एनआरएनको अफिस उद्घाटन !…

इनेप्लिज २०७२ असार ७ गते ११:३६ मा प्रकाशित

image (1)अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा. केशव पौडेलद्वारा ओरिगन राज्यको पोटल्याण्ड अन्तर्गत हलिउड डिस्टिकमा ओरिगन च्याप्टरको नयाँ कार्यालय उद्घाटन गरियो । उक्त कार्यक्रममा बोल्दै डा. पौडेलले एनआरएन च्याप्टरका साथीहरूले स्थानीय संघ संस्थाहरू सँग सहकार्य गर्दै नेपालको पुनर्निर्माणका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । सो कार्यक्रमको अध्यक्षता एनआरएनका ओरिगन च्याप्टरका अध्यक्ष दिवाकर महर्जनले गरेका थिए भने कार्यक्रम संचालन दया शाक्यले गरेका थिए ।उक्त कार्यक्रममा एमआरपी तथा एनआरएनको ओरिगनको अफिस उद्घाटनका अवसरमा झण्डै दुई शय पचास जना नेपालीहरूको उपस्थिति थियो । सो कार्यक्रममा च्याप्टरका महा सचिव सुनिल राज कर्निकार,डिपी घिमिरे,दिपक शर्मा,जितेन्द्र महर्जन रविन शाक्य,लगायतका सबै पदाधिकारिको उपस्थिति थियो ।ओरिगनमै अर्कों दिन  सुक्रवार संसारकै दुई शय पाँच देशले मनाउने ओलम्पिक डे जुनमा मनाउनु पर्ने युएस ओलम्पिक कमिटीको मातहतमा डा.केशव पौडेल र डिपुटी एम्वेष्डर ऋषिराम घिमिरेले संयुक्त रूपमा दीप बालेर शान्ति पद यात्राका लागि अमेरिकाको झण्डा ओलम्पियन सीता राईलाई दिएर शान्ति पदयात्रा ओलम्पिक डे मनाइयो ।सुक्रवार देखि आईतवारका दिन सम्म डा. पौडेलले ओरिगनमै रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई भेंटी  नेपालमा गएको महा भूकम्पद्वारा भएको क्षेतीको पुनर्निर्माणका लागी हातेमालो गर्दै अगाडि बढ़न आग्रह गरे । त्यस्तै नेपाक्षेको अध्यक्ष राजेश महर्जन, नाओकी अध्यक्ष गंगा शर्माले पनि एनआरएनसँग हातेमालो गर्दै अगाडि वढने विचार व्यक्त गरेका थिए ।यसरि डा. पौडेल अमेरिकाको हरेक राज्यमा आँफै पुगेर एनआरएन एनसिसि अफ युएसएका हरेक गतिविधिलाई थप शसक्त वनाउन अहोरात्र खटेको क़ुरा त्यहँा उपस्थित जनमानसले मौखिक रूपमा व्यक्त गरेका थिए । डा अध्यक्ष सो कार्यक्रमका प्रमुख अतिथि थिए ।

image

प्रतिक्रिया