लस एन्जल्सबाट प्रधानमन्त्री राहत कोषमा १,५६,००० डलर सहयोग

इनेप्लिज २०७२ असार ७ गते १०:०९ मा प्रकाशित

DSC00169लस एन्जल्स, २२ जुन / लस एन्जल्सबाट प्रधानमन्त्री राहत कोषमा अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्की मार्फत एक लाख छपन्न हजार डलर सहयोग गरेका छन । सनातन धर्म मन्दिर नर्वाल्कमा भएको एक कार्यक्रममा साउदर्न क्यालिफोर्निया समुदायको तर्फबाट संयोजक बेद भक्त जोशीले राजदुत डा. कार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भयो । प्रथम चरणमा खाद्यान्न, दोश्रो चरणमा ८५० घरधुरीलाई जस्तापाता वितरण पश्चात तेस्रो चरणमा प्रधानमन्त्री राहत कोषमा एक लाख डलर भन्दा बढी रकम सहयोग स्वरूप प्रदान गर्ने उदेश्य सहित आज गरिएको कार्यक्रममा उठेको रकम सहित एक लाख छपन्न हजार डलर जम्मा भई हस्तान्तरण गरिएको हो ।

साउदर्न क्यालिफोर्निया समुदायलाई जैन सेन्टर अफ साउदर्न क्यालिफोर्नियाका बि.यु.पटेल तथा नितिन भाई शाहाको पहलमा ५० हजार भन्दा बढी डलर सहयोग स्वरूप बिभिन्न चरणमा प्राप्त भएको थियो । नेपाली समुदायको तर्फबाट नारायण पाण्डे तथा निरा पाण्डेबाट ११,१११.११, ऋषि ढकाल,बिमला ढकाल, भिम ढकाल तथा सरस्वोती ढकालको परिवारबाट १०,५००, ANSC बाट ७०००, बेद भक्त जोशीबाट ६५००, राम लामाबाट ६०००, रामबाबु पाण्डे तथा मोनिका पाण्डेबाट ५००१, बिमल श्रेष्ठ तथा प्रमिला श्रेष्ठबाट ५००१ सहित अन्य ३७० भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा उक्त रकम संकलन भएको हो । साउदर्न क्यालिफोर्निया समुदायले अहिले सम्म उठेको रकम, बिभिन्न चरणमा गरेको खर्च सहित बिस्तृत विवरण समुदायका सदस्य सचिव राजेन्द्र शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लसएन्जल्सबाट नेपालमा स्वय सेवकको रुपमा खटेका गोकुल पौडेल, तारा गुरुङ, हेमराज भट्ट, संगीता लम्साल सिवाकोटी, बिश्व सुबेदी, हिम्ग्याप लामा समेतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

 साउदर्न क्यालिफोर्निया समुदायका संयोजक बेद भक्त जोशीको अध्यक्षता, अन्तरास्ट्रिय नेपाली साहित्य समाज लस एन्जल्स च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले स्वागत मन्तब्य, श्री पशुपतिनाथ फाउनडेशनका सचिव रामेश्वर भण्डारीले संचालन गर्नु भएको यस कार्यक्रममा लस एन्जल्स छेत्रका बाणिज्यदुतहरु ऋषि ढकाल तथा जोर्ज पप्पास तथा इन्डियन समुदायका व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्की प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत डा. अर्जुन कार्कीले नेपालमा परेको यस विपदको घडीमा नेपालमा समेत सम्पूर्ण राजनैतिक दलहरु एक स्वरमा राहत र पुननिर्माणमा लागिरहेका छन, नेपाल सरकारले प्रवासी नेपालीसंग अहिलेसम्म कहिलै सहयोग मागेको थिएँ तर देश नै महाभूकम्पमा परी ध्वस्त भएको समयमा प्रवासी नेपालीको लागी आफ्नो मातृभूमि प्रति सहयोग गर्ने यो अबसर पनि हो भन्दै यस अवसरबाट कोहि पनि नचुक्न आग्रह गर्नु भयो ।   

प्रतिक्रिया