शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:३८
वासिङटन डिसी 02:53

उद्योगमन्त्री महेश बस्नेत र गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेबीच शिष्टाचार भेट

इनेप्लिज २०७२ असार ७ गते १:२८ मा प्रकाशित

unnamedउद्योगमन्त्री महेश बस्नेत र गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेबीच आज शिष्टाचार भेटघाट भएको छ । उद्योगमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा अध्यक्ष घलेले मूलुक संकटमा परेको समयमा अन्तर्राष्ट्रिय समूदायको सहयोग जुटाउन तर्फ आफू लागेको बताउनुभयो । उहाँले गैरआवासिय नेपाली संघका तर्फबाट एक हजार वटा घर निर्माण गर्ने निर्णय गरेको बताउदैँ–‘भूकम्पले हामीलाई कर्तव्यबोध गराएको छ । अन्तराष्ट्रिय लागानी तथा स्रोत भित्र्याउने तर्फ मेरो भूमिका रहन्छ’ भन्नुभयो । भेटमा उद्योग मन्त्री बस्नेतले गैरआवासिय नेपालीले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको र आगामी दिनमा पनि यस्तै सशक्त  भूमिका खेल्न अध्यक्ष घलेलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया