बुधबार, माघ १२ २०७८
काठमाडौं ०५:३३
वासिङटन डिसी 18:48

अफगानिस्तानमा २६ लडाकू मारिए

इनेप्लिज २०७२ असार ६ गते १२:०५ मा प्रकाशित

isis-flag-1024x512काबुल, ६ असार । अफगानिस्तानको विभिन्न इलाकामा अफगान सेनाले जारी राखेको कारबाहीमा परी कम्तीमा पनि २६ जना लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।

अफगान सेनाले जारी राखेको तालिवान विरुद्धको पछिल्लो कारबाहीमा २६ आतङ्ककारी मारिनुको साथै १७ सडककिनारको बम निष्क्रिय पारेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा हालका दिनहरुमा हिंसात्मक क्रियाकलापका विरुद्धमा त्यहाँको सुरक्षा बलले कारबाही जारी राखेका छन् । गृह मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टाभित्र जारी रहेको सेनाको यस कारबाहीमा ती तालिवानको ज्यान गएको छ ।
पछिल्लो समयमा अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि र बाँकी रहेका नेटो सैनिकले पनि गत जनवरी १ बाट युद्धस्थलमा गएका तालिवानसँग युद्ध नगर्ने र अफगान सुरक्षाबललाई सल्लाह र अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यसपछि अफगानिस्तानको सुरक्षा फौजले नै तालिवान विरुद्धको कारबाही गर्ने गरेका छन् ।

प्रतिक्रिया