श्रीपशुपतिनाथ फाउनडेशन युएसए र साउदर्न क्यालिफोर्निया समुदायद्वारा ८५० घर धुरीलाई जस्तापाता वितरण

इनेप्लिज २०७२ असार ६ गते ११:०० मा प्रकाशित

Dolakha-1श्रीपशुपतिनाथ फाउनडेशन युएसए र साउदर्न क्यालिफोर्निया समुदायले गोरखा जिल्ला मसेल गा.बि.स. वडा न. ९, पन्द्रुंग गा.बिस. वडा न. ८ र ९ का २५० घरधुरी, दोलखा जिल्लाका भीमेश्वर न.पा. बडा न. १ गौतम टोल, वडा न. २ तिखातल, वडा न. ३ राम्पा र वडा न. ४ फुलापाका गरी २५० घरधुरी, नुवाकोट जिल्लाका थानसिंग, मदनपुर, खानी गाउ, सुर्यमति, भाल्चेको काउले गा.बि.स. का २५० घरधुरी, लम्जुंगको भलायो खर्क गा.बि.स.को वडा न.८ र ९ का अति बिपन्न परिवारका १०० घर धुरी गरी जम्मा ८५० घरधुरी भन्दा बढीलाई अस्थाई टहरा निर्माणको लागि जस्तापाता वितरण गरेको छ । राहत वितरणको कार्यलाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि श्रीपशुपतिनाथ फाउनडेशन युएसए तथा साउदर्न क्यालिफोर्निया समाजले गोरखा हेमराज भट्ट, दोलखा बिमल श्रेष्ठ, नुवाकोट रामबाबु पाण्डे र लम्जुंगमा ज्ञानेन्द्र गुरुङलाई संयोजक तोकिएको थियो ।

Dolakha-5

नुवाकोटमा सदस्यहरु जीवन पाण्डे र प्रदिप सेढाई तथा नुवाकोटको स्थानीय संस्था श्री ग्रामिण बिज्ञान र प्रबिधि अनुसन्धान केन्द्रका श्री नवराज पाण्डे, श्याम ढुंगाना, स्थानीय पत्रकारह र सामजसेवीहरुले वितरण कार्यक्रमको संयोजन गर्नु भएको थियो ।

दोलखामा संयोजक बिमल श्रेष्ठ र क्लबका पुर्व सदस्य नकुल श्रेष्ठले स्थानीय टाइगर टिम तिखातल क्लबका अध्यक्ष रत्न बहादुर श्रेष्ठ, स्थानिय समाजसेबी भिम बहादुर श्रेष्ठ, राजु श्रेष्ठ, कुमार श्रेष्ठ ,बिष्णु श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधि, कलाकारहरु शिरु बिस्ट र कोपिला थापा, पदम राज भट्ट(शिब) तथा सम्बन्धित वडाका अग्रजहरुको सहयोगमा प्रभावित घरधुरी छनौट गरि वितरण कार्य ब्यबस्थित रुपमा संचालन गर्नु भएको थियो ।

गोरखा जिल्लामा स्थानीय शिक्षक तथा सामाजसेवी भीमसेन काजि बानियाँ, कुल प्रसाद भट्ट, सुमन दवाडी, ठाकुर गन्धर्भ, स्थानीय सामजसेवीहरु कृष्ण कुमार गुरुङ, मुक्त ब. बानियाँ, पदम राज भट्ट(शिब), मनोज गुरुङ, कृष्ण गुरुङ, रोदन भट्ट, सुकदेव श्रेष्ठ, रामशरण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, नेत्र ब. गन्धर्व, ध्रुब गन्धर्व, चुडामणि पाण्डे, बिकाश बस्ताकोटी,  दिनेश गुरुङ,राजु खड्का, मानकाजी बानियाँ, अरुण काजि बानियाँ लगायत स्थानीय युवाहरुको सक्रियतामा जस्ता पाता वितरण कार्य भएको थियो ।

 

लम्जुंग जिल्लामा गोबिन्द रिजाल, कुमराज गुरुङ, प्रम बहादुर गुरुङ, प्रेम बहादुर तामांग, तिर्थ गुरुङ, रमेश नेउपाने लगायत स्थानीय पत्रकार र सामजसेवीहरुको सहयोगमा वितरण कार्य गरिएको ।

नुवाकोटको राहत वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरे र दोलखामा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा बोल्दै लामिछानेले प्रवाशमा रहेका नेपालीहरुले मातृभूमि प्रतिको मायाले विपदको घडीमा यस्तो सहयोग पुर्याउनु भएकोमा धन्यबाद दिंदै भविष्यमा समेत सहयोगको अपेछा राखेको बताउनु भएको नेपालस्थित प्रतिनिधि हेमराज भट्टले बताउनु भयो । भूकम्प पिडितहरुले राहत वितरण पश्चात आहतको समयमा श्रीपशुपतिनाथको कृपाले राहत पाएकोमा श्रीपशुपतिनाथ फाउनडेशन युएसए र साउदर्न क्यालिफोर्नियामा रहेको नेपाली समुदायको यस कार्यलाई कहिलै भुल्न नसकिने र आगामी दिनमा समेत यस्तो सहयोगको अपेछा राखेको नेपाल स्थित प्रतिनिधि हेमराज भट्टमार्फत जानकारी दिएका छन ।

नेपालमा बैशाख १२ र त्यस पश्चात गएका भूकम्पबाट पर्न गएको विनाशमा सहयोग पुर्याउन बरिष्ठ समाजसेवी बेद भक्त जोशीको संयोजकत्वोमा स्थानीय संघ संस्थाहरु लगायत गैर आबशीय नेपाली संघ, नेपाल अमेरिका पत्रकार संघ-नेजाको समेत सहभागितामा राहत संकलन गर्न एक समिति बनाइएको थियो । श्रीपशुपतिनाथ फाउनडेशन युएसए र साउदर्न क्यालिफोर्निया समुदायले नेपालमा प्रथम चरणमा खाध्यान वितरण, दोश्रो चरणमा नेपालमा जस्ता पाता वितरण पश्चात तेस्रो चरणमा जुन २१ सम्म उठेको राहत रकम प्रधानमन्त्री राहत कोषमा अमेरिका स्थित नेपाली राजदुत डा. अर्जुन कार्की मार्फत सहयोग पुर्याउन लागेको साउदर्न क्यालिफोर्निया समुदायका सदस्य-सचिव राजेन्द्र सिवाकोटीले बताउनु भयो । प्रधानमन्त्री राहत कोषमा साउदर्न क्यालिफोर्निया समाजबाट एकलाख डलर भन्दा बढी रकम जम्मा हुने अनुमान गरिएको छ ।

g2

प्रतिक्रिया