एमाले अध्यक्षको स्वास्थ्य परीक्षण

इनेप्लिज २०७२ असार ६ गते १०:५७ मा प्रकाशित

kp-oli2काठमाडौँ, ६ असार । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंककमा रहनुुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण भएको छ ।

त्यहाँस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा उहाँको परीक्षण गरिएको हो । अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको उहाँका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

मिर्गाैला प्रत्यारोपण गरिएका ओलीलाई पछिल्लो समयमा फङ्गल सङ्क्रमण पनि देखिएको थियो ।

यही असार २ गते उपचारका लागि प्रस्थान गर्नुभएका अध्यक्ष ओली यही ८ गते मङ्गलबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ । उहाँ सिङ्गापुर हुँदै नेपाल आउने बुझिएको छ ।

प्रतिक्रिया