सर्वाेच्च अदालत विरुद्ध उत्रने दलहरुको कदम कानुनी राज्यको नीति विपरीत: अध्यक्ष वैद्य

इनेप्लिज २०७२ असार ६ गते १०:५१ मा प्रकाशित

spotlight-Mohan-Baidyaचितवन, ६ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले लोकतन्त्रका कुरा गर्ने तर सर्वाेच्च अदालत विरुद्ध उत्रने दलहरुको कदम संसदीय व्यवस्था र कानुनी राज्यको नीति विपरीत भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासङ्घ जिल्ला समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अन्तरिम संविधानलाई नै लत्याएर दलहरुले १६ बुँदे सहमति गरेको आरोप लगाउनुभयो ।

सोह्र बुँदे सहमतिले एमाओवादीसँग हुन लागेको पार्टी एकीकरणमा समेत प्रश्नचिन्ह खडा गरेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो – “यो संविधानसभाले जनताको संविधान बनाउँदैन । यसका लागि जनता सडकमा उत्रिनुको विकल्प छैन ।”

भूकम्पछिको राहत तथा पुनःनिर्माण कार्यमा सरकार चुकेको भन्दै अध्यक्ष वैद्यले केन्द्रदेखि गाउँ तहसम्म सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरेर पुनःनिर्माण कार्यमा जुट्नुपर्ने बताउनुभयो ।

अध्यक्ष वैद्य पार्टी केन्द्रीय समितिको निर्णयलाई जिल्ला तहमा पु¥याउने र जिल्ला तहका नेता कार्यकर्ताको सुझाव लिने सिलसिलामा चितवन आइपुग्नु भएको हो ।

प्रतिक्रिया