पहिरोका कारण च्याङथापु सडक अवरुद्ध

इनेप्लिज २०७२ असार ६ गते १०:३५ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, ६ असार । गएरातिको अविरल वर्षासँगै खसेको पहिरोले मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पाँचथरको थर्पु च्याङथापु सडकखण्ड अवरुद्ध भएको छ ।

च्याङथापुको रिजाल भिरमा ५० मिटरभन्दा माथिबाट झरेको पहिरोका कारण अहिले त्यस भेगमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

पहिरोले बाटो बिगारेपछि बिहानैदेखि स्काभेटर प्रयोग गरी पहिरो पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया