दुई बालसाहित्यिक पुस्तक बजारमा

इनेप्लिज २०७२ असार ६ गते ४:४५ मा प्रकाशित

काठमाडोँ, ६ असार । बाल साहित्कार राजेन्द्रभक्त जोशीका दुई पुस्तक ‘खन्ने जमात’ र ‘नासपाती टिप्ने खेल’ प्रकाशनमा आएको छ ।

हिमालय बुक स्टलले प्रकाशन गरेको दुवै पुस्तकको सम्पादन कृष्णदीप सिग्देलले गर्नुभएको हो । पुस्तकभित्रका चित्रका चित्रकारमा भीष्म केसी र विजयराज शाक्य हुनुहुन्छ ।

पहिलो पुस्तकमा आगो लागेको घरभित्र थुनिएकी सानी नानीलाई बचाउन घरमा पालिएको कुकुर र उसका साथीहरूले गरेको रमाइलो घटनालाई समेटिएको छ । दोस्रो कृतिमा मोटे र दुब्ला पात्रलाई अरु साथीले हेपेको वर्णन छ ।

प्रतिक्रिया