तीन विद्यालयको नतिजा शून्य

इनेप्लिज २०७२ असार ६ गते ४:३८ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), ६ असार । जिल्लाका तीन विद्यालयको प्रवेशिका परीक्षाको नतिजा शून्य भएको छ ।

सामुदायिक विद्यालयतर्फ अमेलिया मावि र उच्चमावि चैनपुर तथा संस्थागततर्फ घोराहीस्थित ज्योतपुञ्ज बोर्डिङका विद्यार्थी सबै अनुत्तीर्ण रहेको सहायक जिल्ला शिक्षा अधिकारी चेतनशील लम्सालले जानकारी दिनुभयो ।

जिल्लाका सामुदायिक विद्यालयको नजिता अत्यन्तै कमजोर देखिएको छ । सामुदायिक विद्यालयबाट १६ दशमलव ८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयबाट भने जिल्लाका ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया