पर्यटन पत्रकारिताका आचार्य

इनेप्लिज २०७२ असार ५ गते १२:२६ मा प्रकाशित

Poland Embasder of Nepal awarded Internation Travel Awardकाठमाडौं । नेपालको पर्यटन पत्रकारितामा सन्जोग आचार्य कुनै नौलो नाम हैन । उनलाई धेरैले पर्यटन पत्रकारिताका आचार्यको रुपमा समेत चिन्ने गर्दछन् । आचार्यले प्रारम्भिक शिक्षा भानुभक्त मेमोरियल महाराजगंजबाट गरे । कक्षा ५ देखि उनी पद्मोदयमा भर्ना भए । त्यसपछि बुवाको कामको सिलसिलामा उनी सर्लाही पुगे । सर्लाही जिल्लाको जनज्योती स्कुलबाट उत्कृष्ट अंक ल्याएर प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गरेपछि उनलाई धेरैले डाक्टर, इन्जिनियरिङ पढ्न सुझाव दिए । स्कुलमा निकै कम संख्यामा प्रथम श्रेणीमा उत्तिर्ण हुने विद्यार्थी मध्यका आचार्य पनि एक थिए । इञ्जिनियरिङ पढ्नको लागि काठमाडौं पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भर्ना हुन दबाव आइरहेको अवस्थामा आचार्यले भने आफ्नो रोजाईमा कला विषय नै पढ्ने निर्णय गरे । प्राध्यापक बन्ने चाहना अनुसार हिसाब विषय लिएर बानेश्वर क्याम्पसबाट मानवीकि विषयमा आईए उत्तिर्ण गरेपछि पढाइसंगै जागिरे जीवनमा होमिए । बुवाको चाहना अनुसार उनी प्राध्यापक भन्दा पनि पत्रकारितातर्फ होमिए । गोरखापत्र संस्थानमा पत्रकारिता तर्फ अधिकृतको हैसिएतले उनी कार्यरत छन् । सानो उमेरमा नै उनले जागीरसंगै पढाइलाई पनि अगाडि बढाए गोरखापत्र दैनिकमा विगत दश वर्ष देखि कार्यरत आचार्यको नाम पर्यटन पत्रकारितमा छोटो समयमा नै स्थापित हुन पुग्यो । पाटक क्याम्पसबाट समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर (एमए ) गरेका आचार्यले अनुसन्धानमा पनि उत्तिकै रुची राख्छन् । पर्यटन पत्रकारितामानै पिएचडी गर्ने तयारी गरिरहेका आचार्य यो क्षेत्रबाट राम्रो दखल राख्ने पत्रकारको रुपमा चिनिन्छन् । आचार्यले नेपालका पर्यटन पत्रकारहरुलाई एकबद्ध गर्ने ढंगले पर्यटन पत्रकार संघ (जाट) नेपाल स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आचार्य पर्यटन पत्रकार संघका संस्थापक महासचिव पनि हुन् । आचार्य एशियन जर्नलिष्ट एसोसियसनको सदस्य, नेपाल पत्रकार महासंघको सदस्य, पाटा मिडिया पोलका सदस्य, खेलकुद पत्रकार मञ्चको सदस्य, नेपाल प्रेस युनियनको सदस्य पनि हुनुहुन्छ ।

आचार्यले संघमा रहेर थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रममा सक्रिय सहभागिता जनाएका छन् । आचार्यले संचारकर्मीबीच अन्तर मिडिया वाल क्लाइमिङ, हेरिटेज म्याराथनको संयोजक र जजको रुपमा भूमिका समेत काम गरेका छन् । पर्यटन पत्रकारिताको क्रममा उनले थुप्रै देश समेत भ्रमण गरिसकेका छन् । अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम, फ्रान्स, थाईल्याण्ड, मलेसिया, सिंगापुर, युएई, भारत, चीन, बंगलादेश लगायत देशको उनले भ्रमण गरिसकेका छन् । आचार्यले देशका ५५ भन्दा बढी जिल्लाको भ्रमण समेत गरेका छन् ।
पिस्कर हत्याकाण्ड सम्बन्धी खोज, सर्लाही टे«ल पुस्तका प्रकाशक समेत गरेका आचार्यले लुम्बिनी भ्रमण वर्ष २०१२, नेपाल पर्यटन वर्ष २०११ को प्रवद्र्धनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपालमा पर्यटन पत्रकारितामार्फत अन्तरिक र अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गरे स्वरुप आचार्य राष्ट्रिय युवा प्रतिभा सम्मानबाट समेत सम्मानित भए । पत्रकारिताबाट यो पुरस्कार पाउने आचार्य पहिलो र एक मात्र पत्रकार हुन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले एक लाख सहित आचार्यलाई यो सम्मान प्रदान गर्नुमा पर्यटन पत्रकारिताको नै हात छ । आचार्य नेपालको पर्यटन सम्बन्धी पहिलो अनलाई इपर्यटन मिडियाका अध्यक्ष, अमेरिकाबाट प्रकाशित हुने एभरेष्ट टाइम्स र इनेपलिजको संबाददाता, न्युज नेपाली डट कमका टाभल एडिटर पनि हुनुहुन्छ ।

मूल्य सचिव लिलामणी पौडेलको हातबाट उत्कृष्ट टुरगान पत्रकारिता पुरस्कार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठबाट गन्तब्य नेपाल उत्कृष्ट पत्रकारिता पुरस्कार, पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीबाट उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितबाट पर्यटन पत्रकारिता सम्मान, पर्यटन मन्त्री पोष्टबहादुर बोगटीबाट हेरिजेट म्याराथन र अन्तर मिडिया वाल क्लाइमिडको संयोजक र जज गरेबापत सम्मानित पनि गरियो । पाटा नेपाल मिडिया च्याप्टरका सदस्य समेत रहेका आचार्यलाई सन् २०११ को पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएवापत प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

आचार्यले एएफसी यु १३ फुटबल प्रतियोगिता र राजस्थानमा भएको एशियन कर्फबल प्रतियोगिताको समाचार अन्तराष्ट्रियस्तरमा संकलन गरेका छन् । उनले मेलसियाको प्रसिद्ध माटा फेयर, थाइल्याण्डमा पाटा फेयर, नेदरल्याण्ड्समा ग्लोबल एक्प्लोरेशन र अमेरिकाको भ्रमण गरी त्यहाको समाचार, लेख प्रकाशित गरेका छन् । आचार्यले अमेरिकाको न्युयोर्क टाइम्सको निमन्त्रणामा अमेरिका पुगेका आचार्यले त्यहाको थुप्रै लेख अमेरिकाको एभरेष्ट टाइम्स, सेतोपाटी, इनेपलिजमा प्रकाशित छ । उनी न्युयोर्कबाट प्रकाशित एभरेष्ट टाइम्सका पर्यटन संयोजक पनि हुन् । पर्यटन पत्रकारता सम्बन्धि तालिम, जानकारी र अध्यापन गराउने कार्यमा समेत आचार्य उत्तिकै सक्रिय छन् । पर्यटन क्षेत्रमा उनका थुप्रै लेख रचना, विचार, फिचर छापिएका छन् । पर्यटन पत्रकारितामा नै पिएचडी गर्ने तयारी गरिरहेका आचार्य नेपालमा पर्यटन पत्रकारिताको भविष्य र सम्भावना धेरै भएकाले युवालाई यो क्षेत्रमा आउन अनुरोध गर्दछन् ।

तस्बिर सौजन्य:सन्जोग आचार्य

प्रतिक्रिया