राष्ट्र र जनताको सेवामा लाग्न आग्रह

इनेप्लिज २०७२ असार ५ गते १०:४५ मा प्रकाशित

gauravकाठमाडौँ, ५ असार । प्रधानसेनापति महारथी गौरवशम्शेर जबराले आज पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा पर्ने भूकम्प प्रभावित लम्जुङस्थित इलमपोखरी इलाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रधानसेनापति राणाले भूकम्प प्रभावितको उद्धारका लागि सोही स्थानमा तैनाथ नेपाली सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गरी भूकम्पपीडित तथा घाइतेका लागि तैनाथी फौजले गरेको कार्यबारे जानकारी लिनुभयो ।

उक्त अवसरमा सकल दर्जालाई सम्बोधन गर्दैैैै उहाँले देश र समस्त देशवासीमाथि आइपरेको यस विपद्का घडीमा आफूलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गरी राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनुभयो । प्रधानसेनापति राणा आजै काठमाडौँ फिर्ता हुनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया