संविधानसभाबाट जनताको संविधान बन्दैन: महासचिव थापा

इनेप्लिज २०७२ असार ५ गते १०:४३ मा प्रकाशित

badal-nepal-maoistपाल्पा, ५ असार । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने धारणा राख्नु भएको छ ।

पाल्पाको तानसेनमा क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव थापाले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्ने माग गर्नु भयो ।
प्रदेशको सीमाङ्कन गर्न कुनै आयोगलाई अधिकार दिनुले संविधानसभाको औचित्य छैन भन्दै उहाँले एकीकृत नेकपा माओवादीसँग नेकपा–माओवादीको पार्टी एकता हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया