सोमबार, माघ ३ २०७८
काठमाडौं ०३:५६
वासिङटन डिसी 17:11

शतप्रतिशतको शौचालयमा पहुँच

इनेप्लिज २०७२ असार ५ गते ३:२३ मा प्रकाशित

cartoon-toilet-1कञ्चनपुर, ५ असार । कञ्चनपुरको रैकवार विचवा गाविसमा शतप्रतिशतको शौचालयमा पहुँच पुगेको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले १० महिना अघिदेखि खानेपानी स्वच्छता तथा सरसफाइ परियोजना सञ्चालन गरेपछि गाविसका नौवटै वडाका दुई हजार ९४४ घरधुरीका बासिन्दाको शौचालयमा पहुँच पुगेको हो ।

परियोजना सञ्चालनअघि यहाँ बसोवास गर्ने ८५० घरधुरीले मात्रै शौचालयको प्रयोग गर्दै आएका थिए । गाविसले शौचालय नबनाउनेको सेवा सुविधा रोक्ने निर्णय गरेपछि सबैले शौचालय निर्माण गरी प्रयोग गर्दै आएको गाविसका सचिव रामप्रसाद बोहराले बताउनुभयो ।

शौचालय प्रयोग गर्दै आएकामध्ये २४ परिवारले संयुक्तरुपमा शौचालय निर्माण गरेका छन् ।

प्रतिक्रिया