ताजा जानकारी : काठमाडौँ भ्याली भ्याली भ्यू इङ्लिस स्कुलका छात्र दीक्षितले ९४ प्रतिशत

इनेप्लिज २०७२ असार ४ गते १६:५२ मा प्रकाशित

Deechit_paudel-286x300

काठमाडौँका दीक्षित पौडेलले एसएलसी परिक्षामा ९४ प्रतिशत अंक ल्याएका छन् । अहिलेसम्मको घोषित अंक अनुसार, उनले सबैभन्दा धेरै प्रतिशत अंक ल्याएका छन् ।

काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका छात्र दीक्षितले ९४ प्रतिशत अर्थात ७ सय ५२ नम्बर ल्याएका छन् । विद्यालयका अनुसार, अहिलेसम्म सार्वजनिक नम्बर बमोजिम उनको सबैभन्दा धेरै देखिएको छ ।

दीक्षितले कम्प्युटर विज्ञानमा सबैभन्दा बढी १०० नम्बर पाएका छन् भने सबैभन्दा कम भनेको सामाजिक शिक्षामा ८३ नम्बर पाएका छन् । यसैगरी, अंग्रेजीमा ९५, नेपालीमा ८६, गणितमा ९८, विज्ञानमा ९८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९३ र अतिरिक्त गणितमा ९९ अंक ल्याएका छन् । १५ बर्षका दीक्षितको मुटुरोग विशेषज्ञ बन्ने सपना छ ।

यता, रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उच्चमाविकी सामुदायिक विद्यालयकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी छिन् । भावनालाई सामुदायिक विद्यालयतर्फबाट नेपालटप दाबी गरिएको छ । शान्ति नमुनाबाटै विपना कुँवर र संस्कृति भट्टराईले पनि ९२ प्रतिशत ल्याएका छन् ।

एसएलसीको नतिजा सार्वजनिक हुनासाथ विभिन्न विद्यालयले दाबी पेश गर्न थालेका छन् ।

यसअघि भक्तपुरको मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयले आफ्नी छात्रा रुवी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी गरेको थियो ।

०२८३०२७ सिम्बोल नम्बर भएकी रुबीले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् । रुवीले अनिवार्य गणितमा ९९, ऐच्छिक गणितमा ९८, कम्प्युटर विज्ञानमा ९७, विज्ञानमा ९६, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४, अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८५ र सामाजिकमा ८४ अंक ल्याएकी छिन् ।

प्रतिक्रिया