प्रवेशिकाको परीक्षाफल प्रकाशित, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण

इनेप्लिज २०७२ असार ४ गते १२:३९ मा प्रकाशित

slcपरीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले राससलाई जानकारी दिनुभयो ।प्राप्त नतिजाअनुसार कुल उत्तीर्ण संख्या एक लाख ९२ हजार २६७ रहेको छ ।

यस्तै, विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया