हरेकले एक रुख रोप्नुपर्छ: वनमन्त्री

इनेप्लिज २०७२ असार ४ गते १२:१२ मा प्रकाशित

mahesh-acharyaविराटनगर,४ असार । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले तराईका नदीका दुवै क्षेत्रका दश गजासम्म तटबन्ध निर्माण गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले चुरे क्षेत्र मासिएका कारण कतिपय गाविसका घर र खेतीयोग्य जग्गा कटान भइसकेकाले सो तटबन्ध निर्माण गरेपछि उकास भएका जग्गामा वृक्षरोपण र खेतीका लागि पुनःप्रयोगमा ल्याउने सरकारको सोचाइ रहेको जानकारी गराउनुभयो । मन्त्री आचार्यले प्रत्येक व्यक्तिले कम्तीमा एउटा वृक्ष रोप्नुपर्ने र प्रत्येक गाविसमा एउटा वन लगाउने योजना रहेको पनि बताउनुभयो ।

एक अर्काे प्रसङ्गमा उहाँले मस्यौदा समितिले पन्ध्र दिनभित्र संसद्मा संविधानको पहिलो मस्यौदा पेस गरेपछि राय सुझावसहित छलफल गरी छोटो समयका लागि नागरिक समाजमा पठाइने र पुनः राय सुझावसहितको प्रस्तुत प्रतिवेदन पेस गरी संविधानसभाबाट पारित गराइने छ भन्नुभयो ।

प्रतिक्रिया