शाहरुख खानले किन गिल्टी महसुस गरिरहेका छन ?

इनेप्लिज २०७२ असार ४ गते ११:१६ मा प्रकाशित

SlC-exam1मुंबई । शाहरुख खान समय–समयमा आफ्नो छोरा अबरामको फोटो आफ्नो अनुहारसँगै सेयर गरिरहन्छन । सोशल नेटवर्किंग साइट्समा अबरामको थुप्रै फोटो यसको प्रमाण हो । तर शाहरुखलाई अब आफ्नो यो काम बाट गिल्टी महसूस भईरहेको छ ।

यो कुराले शाहरुख आफै पनि परेशान छन । शाहरुख खानले हालै ट्विटरमा लेखका छन कि– हो म पनि गिल्टी महसुस गरिरहेको छु कि यस्तो पिता बनेर जसले आफ्नो छोराको फोटोबाट सबैलाई बोर गरिरहेको छु । यो म्यासेजसँगै शाहरुखले आफ्नो छोराको एक फोटो पनि शेयर गरेका छन । जसमा अवराम कालो ज्याकेट र शैगी हेयरको साथ देखिन्छन ।
शाहरुख अहिलें रोहित शेट्टी को फिल्म ’दिलवाले’ को शूटिंगमा ब्यस्त छन । जुन फिल्म बुल्गेरियामा शुटिंग भईरहेको छ । शाहरुखले अबरामको एक ओर फोटो शेयर गरेका छन । जसमा उनी बार्सिलोनामा उनको कजन आलियाका साथ छन । अघिल्लो महिनामात्रै अबराम दुई वर्ष पुगेका हुन ।

प्रतिक्रिया