शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:१४
वासिङटन डिसी 10:29

एसएलसी परीक्षाफल प्रकाशित, ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण

इनेप्लिज २०७२ असार ४ गते ११:०५ मा प्रकाशित

SlC-exam1काठमाडौ , ४ असार । यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । यसवर्ष एसएलसीमा सहभागी विद्यार्थी मध्य ४७.४३ प्रतिशत उत्तिर्ण भएका छन् ।

यस वर्षको एसएलसी परीक्षामा सहभागी विद्यार्थी मध्य १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

आज प्रकाशित नतिजा अनुसार यस वर्षको एसएलसी परीक्षामा २१ हजार २ सय ४७ विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् भने ९० हजार १ सय ७६ प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

गत बर्ष २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार विद्यार्थी सहभागि भएका थिए ।

यसै गरि एक्जाम्टेडतर्फ १ लाख ३६ हजार विद्यार्थी सहभागि भएकोमा १३.८० प्रतिशत उत्तीर्ण भएका छन् । यसअनुसार १८ हजार ७ सय ७८ विद्यार्थी एक्जाम्टेडमा उत्तीर्ण भएका हुन् ।

प्रतिक्रिया