डाँफे लोप हुने अवस्थामा

इनेप्लिज २०७२ असार ४ गते ४:३२ मा प्रकाशित

danfeभीमदत्तनगर, ४ असार । अछाम जिल्लाको रामारोशन क्षेत्रमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको छ ।

जिल्लाको अति विकट मानिने सो क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको स्थानीय समाजसेवी गोविन्द साउदले बताउनुभयो ।

जिल्लाको पर्यटकीय क्षेत्र मानिएको रामारोशनको जङ्गलमा डाँफेले आफ्नो वासस्थान बनाउँदै आएका थियो । ठूलो सङ्ख्यामा बस्दै आएको सहजै देख्न सकिने रामारोशनमा आजभोलि विरलै मात्रामा देखिने गरेको स्थानीयवासी कालीबहादुर बुढाले बताउनुभयो ।

प्रतिक्रिया