यार्सागुम्बा टिप्दै गर्दा लडेर मृत्यु

इनेप्लिज २०७२ असार ४ गते ४:३० मा प्रकाशित

yarsa_1369373718जाजरकोट, ४ असार । जाजरकोट ढिमे गाविस–८ समाइलाका ३४ वर्षीय खर्कसिंह टमटाको लडेर मृत्यु भएको छ ।

डोल्पाको कागमारा लेकमा यार्सागुम्बा टिप्दै गर्दा बिहीबार बेलुकी लडेर उनको मृत्यु भएको स्थानीय रत्नबहादुर नेपालीले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

उनी एक हप्ता पहिले ढिमेबाट डोल्पा यार्सागुम्बा टिप्न गएका थिए ।

प्रतिक्रिया