विद्यार्थी चौरमा बसेर अध्ययन

इनेप्लिज २०७२ असार ४ गते २:१६ मा प्रकाशित

1428068200909_RP-Kanchanpur-school-s-exam-450x350परासी, ४ असार । नवलपरासीको ग्रामीण क्षेत्रका अधिकांश सरकारी विद्यालयमा आजभोलि विद्यार्थीहरु चौरमा बसेर अध्ययन गरिरहेका छन् ।

गर्मी निकै बढेका कारण विद्यार्थीहरु कक्षा कोठामा बस्न नमानेपछि चौरमा राखेर अध्ययन गराउन बाध्य भएको विद्यालयहरुले जनाएका छन् ।

गर्मी बढेपछि विद्यार्थी विद्यालय आउन नमान्ने र आएपनि कक्षा कोठामा बस्न नमान्दा बाहिर चौरमा अध्ययन गराउँदै आएको शिक्षकहरुको भनाइ छ ।

जिल्लामा अहिले तापक्रम करिब ४२ डिग्रीसम्म पुग्ने गरेको छ । गर्मी बढेपछि अधिकांश विद्यार्थी विद्यालयसमेत आउन छाडेको ती विद्यालयले बताएका छन् ।

प्रतिक्रिया