भुकम्पपीडितलाई हिमालयन बैंकले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो, कर्मचारी युनियन राहत बाड्दै

इनेप्लिज २०७२ असार ३ गते २०:३६ मा प्रकाशित

काठमाडौं हिमालयन बैंकले विपतका बेला सामाजिक सेवा पु¥याउदै आएको छ । देशमा ठूला बाढीपहिरो होस् वा अन्य प्राकृतिक बिपत्ति आइपर्दा हिमालय बैंक व्यवस्थापन र कर्मचारी युनियनले नेपालका विकट जिल्लाका गाउँहरुमा पुगेर सहयोग पु¥याउदै आएको छ ।
२०७२ बैशाख १२ को विनाशकारी भुकम्पको प्राकृतिक बिपत्तिमा हिमालयन बैंक र कर्मचारी युनियनले आ–आफ्नो तर्फबाट भुकम्प पीडितहरुका लागि सहयोग गरेका छन् ।

हिमालयन बैंकले भूकम्प पीडितको उद्दार तथा राहतका लागि १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने घोषण गरिसकेको छ ।
त्यसैगरी, १० लाख मूल्यका हजार वटा सौर्य बत्ती भूकम्प पिडितहरुलाई प्रदान गर्ने निर्णय गरेको बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।
त्यस्तै, बैंककोे साझेदार हविब बैंक पाकिस्तानले पनि भूकम्प पिडितहरुको सहयोगार्थ १ करोड प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने जनाएको छ भने भुकम्पबाट प्रत्यक्ष प्रभावित हिमालयन बैंकका कर्मचारीहरुका लागि १ करोड दिने जनाएको छ । २०७२ बैशाख १२ को विनाशकारी भुकम्पबाट हिमालयन बैंकका केही शाखाहरुमा भौतिक क्षति पुगेको छ । सिन्धुपाल्चोकको बार्हबिसे शाखा सारिसकेको छ ।

कर्मचारी युनियन सहयोग जुटाउदै, राहत बाड्दै

 हिमालयन बैंक कर्मचारी युनियन नेशनल ओपन स्काउट क्रियु सँगसँगै रहेर भुकम्पपीडितहरुलाई राहत बितरण कार्यमा जुट्दै आएको छ । भुकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोक, नुवाकोट काभ्रेका बिभिन्न जिल्लाहरुमा युनियनले कमृचारीहरुको सहयोगमा दैनिक अत्यावश्यकका खाद्यान्न चामल, बिस्कुट, चाउचाउ, त्रिपाल निःशुल्क बितरण गरेको छ । युनियनले नेपाल स्काउट अन्र्तगतको नेशनल ओपन स्काउट क्रियुको सहयोग र समन्वयमा सिन्धुपाल्चोकका ७५ परिवारलाई राहत सामग्री वितरण गरेको हो । सिन्धुपाल्चोकको लाङार्चे गाविसको वार्ड नम्बर ३ र मेलम्ची नगरपालिका वार्ड नम्वर ९ र ४ मा रहेका गुरुङ बस्ती, अधिकारी गाउँ लगायतका ठाँउहरुका प्रति परिवार ३० किलो चामल, १० किलो चिउरा, एक किलो नुन, लक्ताकपडा र अन्य सामग्रीहरु बाँडिएको हिमालयन बैंक कर्मचारी युनियनका अध्यक्ष सुनिल शर्माले बताए । त्यसैगरी काभ्रेको पाँचखालको तीन घरे र ठूला गाउको दनुवार बस्तीका दनुवार परिवारलाई चामल चिउरा नून बिस्कुट र त्रिपाल कर्मचारी युनियनले बाँडेको थियो ।

हिमालयन बैंकले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम दिएर पनि विभिन्न ठाँउमा राहत वितरणमा आफैं पनि लागिपरेको छ बैंकका कर्मचारी तथा हिमालयन बैंक कर्मचारी संगठनका अध्यक्ष सुुनिल शर्माले भने, ‘हिमालयन बैंकले प्रधानमन्त्रि राहत कोषमा एक करोड रकम दिइसकेको छ र हिमालयन बैंकले बैंककै कर्मचारी संगठनमार्फत बैंक आफैं पनि राहत वितरणमा जुटीरहेको छ । यस अगाडि पनि केही ठाउँमा हामी आफै पुगेका थियौँ ।’

” बैशाख १२ को विनाशकारी भुकम्पले भौतिक संरचना क्षति पुर्याएका कर्मचारीहरुको लागि सहयोग गर्ने दायित्व बैंकको हो र साझेदार हबिब पाकिस्तान बैंकले १ करोड सहयोग हिमालयन कर्मचारीका लागि छुट्याएको छ । साथै हिमालयन बैक व्यवस्थापनले पनि भुकम्पबाट पीडित कर्मचारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कर्मचारी युनियनले यी कुरालाई मनन गरेर प्रभावकारी बनाउन बैंक व्यवस्थापनसँग आन्तरिक छलफल गर्नेछ । भुकम्पपीडित कर्मचारीका लागि सहयोग प्याकेजलाई कसरी व्यवस्थित गर्ने बैंक व्यवस्थापन पनि आफैं लागिपरेको छ । यो हामी कर्मचारीहरुका लागि खुशीको कुरा हो । सहयोग कति पाउने भन्दा पनि बैंक व्यवस्थापनले यस विषयमा सकरात्मक कदम अगाडी बढाउनु, साझेदार हबिब बैंकले कर्मचारीका लागि सहयोग रकम एकमुष्ट घोषण गर्नुलाई कर्मचारी हितमा छ भन्ने हामीले बुझ्नुपर्दछ । अध्यक्ष सुनिल शर्माले बताए । अर्को भुकम्पले बैंकका केही शाखााहरुमा भौतिक क्षति पुगेका छन् यसलाई पनि पहिलेकै अवस्थामा सञ्चालन गर्ने बनाउने काममा कर्मचारी युनियनले खेल्नुपर्ने भूमिकामा युनियन प्रतिबद्ध छ र यसमा सबै कमचारीको साथ छ किनकी बैशाख १२ विनाशकारी भुकम्पको १ दिनपछि   बैशाख १४ बाटै बैंक व्यवस्थापनले दिएको निर्देशनमा कर्मचारीहरुले आ आफ्नो तर्फबाट बैकिग सेवा सुचारु गर्न सहयोग पुरयाएका थिए । कर्मचारीहरु बैक व्यवस्थापनभन्दा बाहिर कहिल्यै गएका छैनन् जाँदैनन् पनि, कर्मचारीहरुले गरेका राम्रा कामलाई बैंक व्यवस्थापनले पनि बुझिदिनुपर्यो, राम्रो काम गर्नेलाई रिवार्ड पनि गर्नुपर्यो, एक व्यक्तिको होइन सम्पूर्ण कर्मचारीको हितका लागि बैंक व्यवस्थापन लचिलो र उदार भइदिने हो भने कुनै पनि बैकिग संस्थामा व्यवस्थापन र कर्मचारी बिच समस्या आउने थिएन । कर्मचारीको तर्फबाट संस्थामा त्यस्तो अवस्था आउन नदिने प्रतिबद्धता कर्मचारी युनियनको तर्फबाट अध्यक्ष शर्माले गरे । जसमा बैंक व्यवस्थापन पनि कर्मचारीको भावना विपरित हुनुभएन । अब हामी सबै मिलेर हिमालयन बैकलाई नम्बर वानको बैकिग पोजिसनमा पुरयाउनुको विकल्प छैन शर्माले भने हामी सबै विन विनको सिद्धान्तमा हिडे पक्कै सफल भइन्छ, यसमा कर्मचारी सबैको सामूहिक इफोर्ट रहनेछ । “
 

राहत आइनपुगेको भन्ने सुन्नमा आएपछि नेशनल ओपन स्काउट क्रियु लगायत अन्य सामाजिक संस्थासँग हिमालयन बैंक कर्मचारी युनियनले सहकार्य गर्दै संकलन गरेको राहतका सामाग्रीहरु भुकम्प पीडित बस्तीहरुमा पुर्याउदै आएको कर्मचारी युनियनका सदस्य बिदुर गिरीले बताए ।

सबै फोटोहरु : हिमालयन बैक कर्मचारी युनियनको फेसबुक पेजबाट

२०७१ को प्राकृतिक बिपत्ति बाढीपहिरोमा हिमालयन बैंक, कर्मचारी युनियन  र कर्मचारीको सहयोगमा युनयनले दाङको पुरन्धरा गा.वि.स को छहरा गाउँका २०० पीडित परिवारलाई राहत प्याकेज बितरण गरेको थियो ।  बैंकले कर्मचारी संगठन मार्फत बैंक आँखा शिविर, सरसफाई कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको आफनो सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको छ । सामाजिक कार्य गर्दा समाजलाई प्रत्यक्ष फाइदा पुग्ने बैंकको धारणा छ ।

hblहिमालयन बैंक व्यवस्थापन, कर्मचारी युनियन र कर्मचारीहरु प्राकृतिक बिपत्तिमा सधै एक भएर सहयोगमा जुट्नुले सामाजिक एकता र विश्वासको गतिलो उदाहरण कम्पनी र कर्मचारी केही होइनन् भन्नेहरु सबैलाई दिएको छ भन्दा फरक नपर्ला  ।

कर्तव्य दुबै हुदाहुदै सामाजिक उत्तरदायित्वलाई पनि हामीले भुल्नुहुदैन । बिपत्तिका बेला हामीले खुल्ला हृदयले सहयोग गर्न सके मात्र मानव भएर जन्मनुको सार्थक हुनेछ । त्यसैले आफ्नो पेशा कर्तव्यसगै सामाजिक उत्तरदायित्वलाई पनि पूरा गर्न सक्नुपर्दछ अनि मात्र ठूलो भइन्छ ।  भाषण छाँटेर र गफ हाँकेर मात्र ठूलो मान्छे भइदैन । यस कुरालाई सबैले मनन गर्नु जरुरी छ ।

प्रस्तुतिः भरतराज उप्रेतीenep

प्रतिक्रिया