कोलम्बियासँग ब्राजिल पराजित

इनेप्लिज २०७२ असार ३ गते १४:३१ मा प्रकाशित

काठमाडौं, ३ असार । कोपा अमेरिका फुटवल प्रतियोगितामा ब्राजिल कोलम्बियासँग पराजित भएको छ ।
बिहीबार विहान भएको खेलमा कोलम्बियाले ब्राजिललाई १–० ले पराजित गरेको हो ।

Copa-America-2015.svg_घरेलु मैदानमा भएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको थियो । उक्त खेलमा कोलम्बियाका खेलाडीले गलत ट्राकल गर्दा नेयमारको ढाडको हड्डी फुटेको थियो ।

खेलमा कोलम्बियाले ३६ औं मिनेटमा मुरिल्लोको गोलबाट अग्रता लिएको थियो । ब्राजिल खेलमा फर्कन सकेन र १–० ले पराजित भए ।

खेल सकिएपछि नेयमारले हानेको बलले अर्मेरोलाई लागेपछि केहीबेर तनाव भयो । कोलम्बियाका बाकाले पछाडिबाट धेकेले भने दुबै खेलाडी विवादमा उत्रिए ।

मैदानबाट बाहिरिने क्रमा रेफ्रीले ब्राजिलका स्टार स्ट्राइकर नेयमार र कोलम्बियाका बाकाले रातो कार्ड दिए ।

बुधबारको खेलपछि भेनेजुएला ३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको ब्राजिल र तेस्रो स्थानमा रहेको कोलम्बियाको समान ३–३ अंक छ । पुछारमा रहेको पेरुले भने खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया