गोलभेँडा खेतीप्रति युवा आकर्षण बढ्दो

इनेप्लिज २०७२ असार ३ गते ११:१८ मा प्रकाशित

tomatoललितपुर, ३ असार । पछिल्लो समय गोलभेँडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको देखिएको छ ।

थोरै लगानीबाट उच्चतम प्रतिफल लिन उनीहरु सफल भइरहेका छन् । उक्त खेतीका लागि उनीहरुले भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अन्य व्यवसायमा देखिएको समस्याको कारण पनि यस व्यवसायप्रति उनीहरुको लगाव बढेको हो । गोलभेँडा खेतीमा विगत एक दशकदेखि संलग्न हुँदै आउनु भएका लेले–५ की मीना सिजापतिले आफ्नो अनुभव यसरी सुनाउनुभयो, “मेहनत र परिश्रम भए यो व्यवसायवाट सुन फलाउन सकिने अनुभव बताइन् ।” गोलभेँडा खेतीका लागि आफ्नो निजी सात रोपनी जग्गाबाट सुरु भएर हाल थप १३ रोपनी जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको उहाँले सुनाउनुभयो ।

उक्त खेतीका लागि २० वटा प्लास्टिकका टनेल निर्माण गरिएको छ । न्युनतम् १५ फिट चौडार्इं र ५० फिट लम्बाइ रहेको टनेलमा गोलभेँडाखेती गर्दै आउनु भएकी सिजापतिले दुईजना कामदार समेत राख्दै आउनुभएको छ । स्थानीय रुपमा उपलब्ध सामान तथा प्राविधिक सीपको प्रयोगबाट खेती गदै आउनु भएकी सीजापति कुनै कार्यालयमा नोकरी गर्नु भन्दा कृषि पेसा अगाल्न सकेमा यसले नै जीविकोपार्जनमा उल्लेखनीय भूमिका खेल्न सक्ने बताउनुहुन्छ ।

बजारको माग अनुरुप गोलभँेंडाको उत्पादन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । यामभन्दा अन्य समयमा उत्पादन गरेका गोलभेँडाले उचित मूल्य पाउने गरेको उहाँले बताउनुभयो । सोही स्थानमा बसोबास गर्ने प्रदीप सिजापतिले गोलभेँडा खेतीले आफ्नो परिवारको गुजारा चलाउन सजिलो भएको बताउनुभयो । लामो समयदेखि यस खेतीप्रति आकर्षण रहनुभएकी सिजापतिले वैदेशिक रोजगारमा जानुभन्दा कृषि व्यवसायमा लाग्न सके सुनमा सुगन्ध थप्ने बताउनुभयो ।

उहाँले गोलभेँडा उत्पादन अनुरुप बजारको समस्या रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । तरकारी सङ्कलन केन्द्रको स्थापना स्थानीय रुपमै हुनसके कृषकको मनोबल बढ्नसक्ने उहाँको धारणा रहेको थियो । कृषि पेशामा लागेको युवालाई थप मजबुत बनाउन राज्यको पनि दायित्व भएको सिउहाँले उल्लेख गर्नुभयो । उचित नीति बनाएर कार्यान्वयमा ल्याउन सके युवा जमातले देशमा ठूलो रोजगारीको ढोका खोल्न सक्नेमा उहाँको जोड रहेको छ ।

सोही स्थान बस्ने लेले–१ का मिलन श्रेष्ठका अनुसार गोलभेँडा खेतीबाट जीवन चलाउन गाह्रो नहँुने बताउनुभयो । अन्य पेसा भन्दा यसबाट उचित लाभ लिन सक्नेमा उहाँको विश्वास थियो । युवा लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट गोलभेँंडा खेतीका लागि रु चालीस हजार अनुदान पाएको उहाँले बताउनुभयो । उक्त खेती पाँच रोपनी जग्गामा सञ्चालन गरिएको बताउनुभयो ।

तरकारी उत्पादन भए पनि उचित बजार व्यवस्थापन हुननसक्दा कृषक मारमा परेको उहाँको गुनासो छ । उहाँले प्रति किलो गोलभेंँडा रु २० देखि रु ८० सम्ममा बिक्री गर्ने गरेको बताउनुभयो । जागिरको खोजीमा लाग्नु भन्दा गोलभंँेडा खेतीले नै राम्रो गुजारा चल्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

लेले–१ का तुलसा महर्जनले गोलभेँंडा फार्मबाट आफ्नो तीनजना परिवारको जीविकोपार्जन गर्दैआएको बताउनुभयो । राम्रो बजार व्यवस्थापन हुन सके यो व्यवसाय नै उचित भएको उहाँको कथन थियो । जिल्ला कृषि विकास कार्यालयका अधिकृत हरिप्रसाद पण्डितले युवालाई गोलभँेंडा खेतीमा आकर्षणका लागि अनुदान दिने गरेको बताउनुभयो । प्रायः गरी कृषि पेशामा आवद्ध रहेका कृषकका लागि कार्यालयले सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले गोलभेँंडा खेतीमा निर्माण हुने टनेलमा लाग्ने प्लास्टिकमा आधा कार्यालयले सहयोग गर्ने गरिएको जानकारी दिनुभयो । कृषकको जीवनस्तरमाथि उठाउन राज्यको तर्फबाट विभिन्न किसिमका कार्ययोजना ल्याउने गरेको बताउनुभयो ।

उहाँले कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुको बजार व्यवस्थापन स्थापनाका लागि कार्यालयले चापा गाउँलगायत विभिनन स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापना गरिएको बताउनुभयो । युवालाई कृषि पेसामा लाग्न प्रेरित गर्न युवा लक्षित कार्यक्रम ल्याइरहेको बताउनुभयो ।

प्रतिक्रिया