बाँचे भने आउनेछु सानो जहाज चढेर । मरे भने आउनेछु सानो बाकसमा सडेर । खै कसरी भनु तिमीलाई प्रदेशको खबर । आधा ज्यान नचल्ने भाछ माथिदेखि लडेर । यता घाउ उता घाउ बाँकी छैन् कुनै ठाउँ काम गर्दा शरीरमा तिखा तिखा किल्ला गडेर । बाँकी थियो अझै लेख्न तर लेख्दिन । डर लाग्छ रुन्छयौ कि तिमी मेरो व्यथा पढेर । वास्तवमा यो मर्मस्पशी सन्देश एक प्रवासी नेपाली युवाले घरपरिवार लाई र आफनो जीवन भर दुःख सुखमा साथ दिन्छ, भनी घरमा ल्याईएकी जीवन संगीनीलाई पठाएको सन्देश हो । देशमा श्रम बेच्न जाने सोझा साझा नेपाली युवाहरुको वास्तविक चित्रण पनि यही नै हो । त्यसैले यो सन्देशले हजारौ को मन छोयो । देशको अस्थिर राजनीतिक अवस्था र बढदो बेरोजगारीले पछिल्लो समयमा कोरिया, जापान, लगायत कतार, दुबई, यूएइ, साउदीअरब जस्ता आदि देशमा नेपाली युवा जाने क्रम बढ्दो छ ।
कैयौ नेपालीले त ज्यान जोखिममा राखेर काम गर्दा अकालमा ज्यान गुमाउनु परेको छ, भने कैयौ आधा कल्चो जिन्दगी गुझार्न बाध्य भएको खबर सुन्न पाउँछौ । विदेशमा महिला कामदारको स्थिति पनि शारीरिक र मानसिक शोषणबाट पीडित हुनु परिरहेको छ ।
कोरिया र जापानमा त झनै पछिल्लो समयमा होड नै चलेको छ । बाहिरी उद्देश्य जे भएपनि र जुन मुलुकमा छिरे पनि भित्री उद्देश्य भनेको त पैसा कमाउनु नै हो । तर त्यहाँ पसी सकेपछि आफै कमाएर खर्च धान्नु पर्नेको व्यथा र ठूलो लगानी गरेर विदेश छिरेकाले लगानी असुल गर्न समेत गाह्रो हुने अवस्था, सीपको अनभिज्ञता सहमति विपरीत को काम पाए पनि दाम थोरै र दलालको फन्दाले धेरै चुनौती सामना गर्नुपर्ने हुन्छ । अझ औपचारिक प्रक्रिया पुरा नगरी विदेशिदाको अवस्था त झनै कहाली लाग्दो छ । यसरी विदेशमा अलपत्र परेकाहरु आफनो पेट पाल्न का लागी पनि जोखिम र गाह्रो काम गर्न बाध्य छन् । जसले गर्दा अधिकांश नेपालीले अकालमा ज्यान गमाउनु परेको छ । हामीले समाचारका प्रथम पृष्ठमा मै पढन् पाउँछौ की कैयौ नेपालीले त ज्यान जोखीममा राखेर काम गर्दा अकालमा ज्यान गुमाउनु परेको र कैयौ आधा कल्चो जिन्दगी गुझार्न बाध्य भएको खबर सुन्न पाउछौ । कैयौ को त ज्यान नै गएको छ । भने कैयौ अगंभगं भएको अवस्था छ । विदेशमा महिला कामदारहरु को स्थिति पनि शारीरिक र मानसिक शोषणबाट पीडित हुनु परिरहेको छ । महिलालाई विशेष गरेर लाइसेन्सको भाँडा बनाएका छन । विदेशमा खेलौना र भाँडाको रुपमा कुरुप जीवन जिउन बाध्य भएका छन् । विभिन्न चुनौती खेप्न बाध्य महिलाहरुलाई पनि नेपालमा फर्केर धेरै चुनौती सामना गर्नुपर्ने हुन्छ । दिन प्रति दिन विदेशिने क्रम जारी छ । दिन प्रतिदिन एयरपोर्टमा मानिसहरु खचाखच भरिएका हुन्छन् । यति धेरै युवा शक्ति आफनो जीवनको अमुल्य जोश, जाँगरलाई विदेशी भुमीमा बेची आफू र आफनो घर परिवारको सामान्य खर्च समेत मुस्किलले धानी रहेका छन् । भने उता श्रम किन्न मुलुकले नेपाली युवाको बल, इमानदारीता र दक्ष जनशक्तिबाट भरपुर्ण फाइदा उठाएको हुन्छ । र आफु शक्तिशाली बन्छ । नेपाली युवायुवतीको पसिना मिसिएको मुनाफाको रकमलाई पुन विदेशीले नेपालको विभिन्न क्षेत्रमा लगानी गरी धेरै फाइदा लिएको हुन्छ । त्यसतर्फ राज्यको सोचाइ, विचार सधै मौन छ । किन सरकार निदाएको छ । युवा भनेका राष्ट्रका खम्बा, देशका कर्णधार हुन् । तसर्थ राष्ट्र निमार्णका आधार स्तम्भलाई उनीहरुको श्रम विदेशमा बेचिन प्रोत्साहन गर्नु वा बढाएर दिनु देश चलाउने जिम्मा बोकेका नेताहरुको गैह्र जिम्मेवारीपनको संकेत हो आफू र आफनो देशका लागी केही गरौ भन्ने सोच र चाहना हुँदाहुँदै पनि ठुलो मात्रामा नेपालीको श्रम विदेशिनु भनेको स्वदेशमा रोजगारको मार्ग प्रशस्त गर्न नसक्नु हो । यसका लागि प्रमुख जिम्मेवारी हाम्रो देशका अदुरदर्शी नेता, सत्ता मोहमा लिप्त नेतामा छ । अफ्रिकी नेता नेन्सल मण्डेलाले भनेका छ । की सच्चा नेताले सबै कुरा आफ्ना जनताको स्वतन्त्रताका लागि बलिदान गर्न हरदम तयार रहनु पर्दछ भनेर भनेका छन् । तर हाम्रो देशमा ठिक उल्टो छ । यहाँ जनता नेताका लागि कोही होइनन् । तर नेता जनताका लागि सर्वश्रेष्ठ ठानिएका छन् । आफूलाई महत्वपुर्ण ठान्छन् । नेपाली युवायुवती जमात देशमा च्याउ झै उम्रेका राजनीतिक दल र ती दलका नेताको खर्च धान्न आफू र आफ्नो श्रम विदेशमा बेची देशमा रेमिट्यान्स भित्रयाई रहेका छन् । रेमिट्यान्स भित्र्याउनु राम्रो कुरा भएपनि देशको अर्थतन्त्रलाई टेवा पु¥याउँछ । तर विदेशमा गएका वा जानेका लागि केही सकारात्मक सोच उचित व्यवस्थापन गरी दिनु पनि राज्यको दायित्व हो । विदेशिनु अघिका सामान्य प्रशिक्षण, भाषा ज्ञान तथा नीतिगत प्रक्रिया र विदेशमा गई सकेपछि भने अनुसारको काम र सेवा सुविधा भए नभएको जानाकारी हुनु अति आवश्यक छ । यदि नेपालमा पनि हरेक काममा आधुनिक कृषि प्रणालीको विकास, आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा विकास, जलस्रोतको उचित परिचालन विभिन्न सम्भावित क्षेत्रमा प्रशस्त रोजगारीका अवसर को सृजना गरी दिनुपर्ने राज्यको दायित्व हो तर राज्यको यो लापरवाही र उदासिनता कहिले सम्म त ? राज्यले हरेक उदासिनता देखाएको छ । युवा वर्गमा मात्र नभएर कैयौ यस्ता सडके बालबालिकामा बेसाहारा, लुला लङगडा दृष्टि विहिन त्यस्तै गरी मानसिक सन्तुलन गुमेका मानिसहरुमा पनि यो राज्य बेखबर बसेको छ । उनीहरु को उचित किसिमले व्यवस्था भएको छैन् । विशेष गरी शहरका व्यस्त र व्यापारिक क्षेत्रमा दर्जनौ बालबालिकाहरु देखिन्छन् । उनीहरुले मागेर खाने यदि पाएन् भने चोरेर जसरी भए पनि उनीहरुले भोक मेटाउन चाहन्छन् । यसरी भोक मेटाउने बाध्यताले विभिन्न विकृति आएका छन् । सरकारले अपराधिक घटना नियन्त्रणमा पनि आँखा बन्द गरेको छ । केही संघ, संस्थाले यस्ता युवा युवती र बालबालिकाका लागि उचित व्यवस्था गरेता पनि सेवाको नाममा अनुदान भित्र्याउन र आफनो नामका लागि अगाडि सरेको पाइन्छ । यो दायित्व त वास्तम्मा सरकारले लिनुपर्ने हो । हरेक मन्त्रालय नभएका पनि होइनन् तर राज्य बेखबर छ निदाएको छ अन्धो छ । आमा बुवा नभएका टुहुरादेखि लिएर गलत संगतमा परेका बालबालिका मात्र नभई युवाहरु पनि सडकमा जीवनयापन गर्न बाध्य छन् । देशका कर्णधार भविष्यका असल नागरिक रुपमा वर्तमान महत्व दिनुपर्ने ति कलिला, बालबालिका युवाहरु अस्तव्यत रुपमा सडकमा माग्दै हिड्न र सडक मै रात बिताउन् बाध्य छन् । तर सरकार भने सधैँ यसप्रति उदासिन छ मौन् छ निदाएको छ ब्युझिने कहिले त सरकार मेरो प्रश्न ?
प्रतिक्रिया