मातृसत्तात्मकको पतनपछी पितृसत्तात्मक सोचले नारीहरुको हक अधिकारहरु सबै खोसेर उनीहरुलाई दोस्रो स्थानमा राखे। घरदेखि समाज, राष्ट्र सम्मको नीति निर्माणको हरेक क्रियाकलापहरुमा एक तर्फी पुरुष बर्गको निर्णय मात्र हुदै गयो। जसले गर्दा सबै सामाजिक संरचनाहरु उनीहरुले आफ्नो हितको लागि मात्र बनाए। राजनैतिक, सामाजिक, शैक्षिक तथा धार्मिक हरेक क्षेत्रमा नारीलाई पछि पारे। नारीहरुको जीवन पुरुषको मुठ्ठी भित्र सिमित रह्यो। उनीहरुको आफ्नो जीवन नै रहेन जसले गर्दा मारे पाप पाले पुण्य भनेर एउटा पुरुषलाई कन्या दान दिन्छन। अहिलेको एकाशौ शताब्दीमा आएर पनि यस सोच र सामाजिक संरचना अझ बिद्धमान छन् हाम्रो समाजमा अनि संसारमा पनि त्यसैले नारीले पनि पुरुष बराबारी हक अधिकार, अबशर र ईज्जत पाउनु पर्छ। दुई मानव बीच कुनै विभेद हुन भएन भन्नेमा हामी नारीहरुको लडाई हो।
हाम्रो समाजमा, संस्कृति र धर्ममा जुन नारीलाई शक्ति र भक्तिको आधार मानिन्छ तर, यथार्थमा नारीलाई अबलाको संज्ञा दिएर कमजोर बनाई दिएको छ। हो प्रकृतिले नारीलाई कोमोल मन र शरीर दिएको छ। त्यस्तै सन्तान जन्माउने बरदान दिएको छ जसले गर्दा शारीरिक हिसाबले पुरुष भन्दा केहि कमजोर छिन नारी त्यसैको फाईदा उठाएर नारीलाईको क्षमतालाई कुल्चेर मारीदिएको छ। तर, हरेक नारी आफैमा सक्षम छ कुनै पुरुष भन्दा कुनै पनि कुरामा कम छैन। नारी सहनशीलता र करुणाको रुप भएकोले, एउटी आमा पनि भएकोले जहिले पनि उनी सम्झौता गर्न तैयार रहन्छे त्यसलाई नारीको कमजोर ठान्नु भनेको उसको कमजोरी हो। आफू बसेको धर्तीलाई मेरो मातृभूमी भन्छौ। अंग्रेजीमा पनि Motherland भनिन्छ। यति ठुलो योगदान, त्याग र शक्ति भएकी नारीहरुको बिकास भने कै संसारको बिकास हुनु हो। सुन्दर परिवार, समाज र देशको निर्माण गर्नु हो। हामी नारीहरु यहिँ चाहान्छौ र यसैको लागि हाम्रो लडाई हो कुनै पुरुषसँग होईन।
प्रतिक्रिया