१४ जून, फ्रेडरिक्सवर्ग,
ग्लोवल पिस फाउण्डेशनको राइज नेपाल कार्यक्रममार्फत नेपालका भूकम्प पीडितहरुका लागि स्थायी १००० निवास वनाउने लक्ष्यकासाथ फ्रेडरिस्कवर्गमा एक अमेरिकी तथा नेपाली साँगीतिक कार्यक्रम तथा शान्त लिलामी कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमको शुरुमा क्रिश्चियन पादरी तथा वौद्ध भिक्षुले प्रार्थना गरेका थिए भने नेपाली समुदायका तर्फवाट विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्दं गिरी प्रेरणाले स्वागत मन्तव्य राख्दै मानवताका लागि अमेरिकीहरुले यसप्रकारको सहयोग गर्न लागेकोमा धन्यवाद दिंदै उद्धार कार्यमा जाँदा नेपालमा दिवंगत अमेरिकीहरुको सम्झना गर्दै सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया