बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:०७
वासिङटन डिसी 15:22

भूकम्प पीडितका लागि साँगितिक कार्यक्रम

इनेप्लिज २०७२ असार २ गते १०:०६ मा प्रकाशित

DSC04826१४ जून, फ्रेडरिक्सवर्ग,

ग्लोवल पिस फाउण्डेशनको राइज नेपाल कार्यक्रममार्फत नेपालका भूकम्प पीडितहरुका लागि स्थायी १००० निवास वनाउने लक्ष्यकासाथ फ्रेडरिस्कवर्गमा एक अमेरिकी तथा नेपाली साँगीतिक कार्यक्रम तथा शान्त लिलामी कार्यक्रमको आयोजना गरियो ।

DSC04830कार्यक्रमको शुरुमा क्रिश्चियन पादरी तथा वौद्ध भिक्षुले प्रार्थना गरेका थिए भने नेपाली समुदायका तर्फवाट विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्दं गिरी प्रेरणाले स्वागत मन्तव्य राख्दै मानवताका लागि अमेरिकीहरुले यसप्रकारको सहयोग गर्न लागेकोमा धन्यवाद दिंदै उद्धार कार्यमा जाँदा नेपालमा दिवंगत अमेरिकीहरुको सम्झना गर्दै सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

DSC04823सो कार्यक्रममा अमेरिकी स्थानिय व्याण्डहरु क्याविन क्रिक तथा सेभ द अकार्डियनले साँगितीक कार्यक्रम प्रस्तुत गरेका थिए भने नेपालका विख्यात लोक गायक प्रेमराजा महतले सारँगी, वाँसुरीका धून लगायत नेपाली लोकगीतहरु प्रस्तुत गरेका थिए ।
अन्तिम चरणमा लाउरी ग्रिफिन तथा पेट मिलीले संगित प्रस्तुत गर्नुकासाथै अन्तिम गीत वन भ्वाइस प्रस्तुत गरेका थिए ।

DSC04734
सो कार्यक्रम संयोजन गर्ने डेभिड काप्रेराले नेपालमा भूकम्प पीडितका लागि आयोजना गरिएको यसको सवै रकम नेपालमा स्थायी निवास निर्माणमा प्रयोग गर्ने जानकारी दिंदै सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम सञ्चालन डेलिगेट वव्वी ओरोकले गरेका थिए ।

DSC04698
सो कार्यक्रमलाई हिमालयन फ्यूजन तथा इन अफ द ओल्ड सिल्क मिलले सहप्रायोजन गरेका थिए ।

DSC04661

प्रतिक्रिया