अमेरिकामा नेपालीले अस्थाई सुरक्षित दर्जा (टिपिएस )प्राप्त

इनेप्लिज २०७२ असार १ गते २२:४९ मा प्रकाशित

अमेरिकामा प्रवेस आज्ञाको म्याद नाघेर लामो समय देखि कानूनी कागजात बिना बसोबास गर्दै आएका नेपालीहरुले अस्थाई सुरक्षित दर्जा (टिपिएस) पाउने भएका छन् । जसको कारण उनीहरुली नेपाल आवत जावत गर्नको साथै अमेरिकामा काम गर्ने पनि अवसर पाउने भएका छन् l

यो दर्जा ठुला संहार र गृहयुद्दको चपेटामा परेका मुलुकका नागरिक अमेरिकामा बिना बैधानिक कागजपत्र रहेका नागरिकलाई दिईने बिशेष सुबिधा हो l

अमेरिकि सिनेटर चाल्स सुमरको पहलमा यो टिपिएस स्टाटस डिपाट्मेण्ट अफ होमल्याण्ड सेकुरिटीले प्रदान गरेको हो । अस्थाई सुरक्षित दर्जा (टिपिएस )लागू गराउन अमेरिकिमा रहेका अधिकांश संघ तथा संस्थाले अहम भूमिका खेलेको थियो l

अमेरिकि सरकारले हालसम्म ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध गराएको छ । अमेरिकि सरकारले अहिले सम्म सिरिया ,हैटी , एलसाल्भाडोर ,सोमालिया ,दक्षिण सुडान ,निकारागुवाका नागरिकहरुलाई अमेरिकामा रहेका बैधानिक कागजात नभएका नागरिकहरुलाई टिपिएस (TPS) सुबिधा प्रदान गरेको छ ।

यो सुबिधा अन्तर्गत राष्ट्रिय महाबिपत्तीका बेला कानुनी कागजात नभएको कारण स्वदेश फर्कन असमर्थ अमेरिकामा रहेका बिदेशी नागरिकहरुलाई ६ देखि १८ महिनासम्मको अस्थाई बसोबास गर्ने बैधता (कानूनी मान्यता) दिईन्छ । र ,त्यो समयभित्र आफ्नो देश फर्किन र फेरी अमेरिका फर्किने यात्रा कागजात प्रदान गरिन्छ । यो सुबिधा प्राप्त गर्ने नागरिकले आफना परिवार झिकाउन पाउदैन l

प्रतिक्रिया