प्रियंकाका लागि १ हप्ता हल बुकिङ

इनेप्लिज २०७२ असार १ गते ६:१५ मा प्रकाशित

DSC_0418-335x232काठमाडौ । संसारमा कलाकारका फ्यान पनि कस्ता कस्ता भेटिन्छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि दुबइमा यस्तै फ्यान भेटेकी छिन् । दुबइमा आयोजित अरब इन्डियन बलिउड फिल्म अवार्डमा सहभागी हुन पुगेकी प्रियंकाका लागि एक फ्यानले गजबकै सरप्राइज दिएका छन् ।

प्रियंकाका सयौ फ्यान मध्ये एक यस्तो पनि भेटिए, जसले उनको फिल्म २० पटकसम्म हेरेका छन् । उनै फ्यानले अवार्डको समयमा प्रियंकासँग भेट गरे । प्रियंकासँग भेटेपछि खुशी भएका फ्यानले दुबइको एक हल एक साताका लागि बुक गरिदिए ।

जहाँ प्रियंकाको दिल धडकने दो नामक फिल्म चलिरहेको थियो । उक्त हलमा ती फ्यानले आफ्ना आफन्त र साथीभाइलाई फिल्म हेर्नका लागि निम्तो गरेका थिए । दुबइ गएको समयमा प्रियंकाले ट्विटरको माध्यमबाट आफ्ना फ्यानलाई बोलाएर भेटेकी थिइन् ।

प्रतिक्रिया