अपाङ्गता भएका एकै परिवारका पाँच जनालाई आर्थिक सहयोग

इनेप्लिज २०७२ असार १ गते ३:५० मा प्रकाशित

पथरी (मोरङ), १ असार । अपाङ्गता भएका एकै परिवारका पाँच जनाका लागि इजरायलमा रहेका नेपालीले करिब रु एक लाख सहयोग गरेको छ ।

इटहरा–७ सिक्किमे टोलस्थित तुलसीराम र सिर्जना ढुङ्गानाका पाँच सुस्तःमनस्थिति भएका छोराछोरीलाई इजरायलबाट पठाएको रु ९६ हजार नगद र कपडा प्रदान गरिएको हो । मोरङको उर्लाबारीबाट सञ्चालित ‘नारीका लागि नारी, नामक संस्थाले ढुङ्गाना परिवारलाई आज बिहान सो रकम प्रदान गरेको हो ।

इजरायलमा सुधीर मिश्रको संयोजकत्वमा दीपा रिजाल र विष्णु श्रेष्ठको सक्रियतामा रकम सङ्कलन गरिएको हो । ढुङ्गाना दम्पतीका छोराछोरी ३७ वर्षीया निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीया पार्वती र २० वर्षीया गोमा जन्मजात सुस्तःमनस्थिति जन्मिएका हुन् ।

प्रतिक्रिया